अर्जुनधारा । “आमा र माटोको स्वास्थ्य सुधार अभियान” अन्तर्गत वस्तु तथा सेवा उपभोक्ता हित संरक्षण मञ्च अर्जुनधारा नगर समितिले सोमबार भान्सा नै औषधालयसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
समितिका अध्यक्ष खेम दाहालको अध्यक्षतामा अर्जुनधारा–९स्थित मिलन गजुरमुखी महिला तथा बालबालिका केन्द्रको सभाहलमा आयोजित कार्यक्रमको प्रमुख अतिथि नगर उपप्रमुख कमला खतिवडा आचार्यले उद्घाटन गरेकी थिइन् ।
मिलन गजुरमुखी महिला तथा बालबालिका केन्द्रले संयोजन गरेको कार्यक्रममा सहजकर्ता वस्तु तथा सेवा उपभोक्ता हित संरक्षण संघ झापाका अध्यक्ष रामकुमार राई, नगर समितिका सहसचिव दिनानाथ शिवाकोटीलगायतले सहजीकरण गरेका थिए ।
सोही कार्यक्रममा नजिकिँदं गरेको मातातीर्थ औंसीको सन्दर्भमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा कमला शिवाकोटी, डिल्लीराम सुवेदी, भीमा मगर, मिश्रादेवी पौड्याल, रणमाया लुइँटेल, शुभद्रा कार्कीलगायत रहेका छन् ।
कार्यक्रममा नगर बोर्डकी प्रवक्ता सकुन्तला बराल, नगर बोर्ड सदस्य हरिमाया भण्डारी दाहाल, नगर सभा सदस्य खड्गमाया पौड्यालीलगायतको आतिथ्यता रहेको थियो । नगरपालिकाको टोलतर्फ पहिलो भनी दावी गरिएको उक्त कार्यक्रमको सञ्चालन सहसचिव शिवाकोटी र कोषाध्यक्ष इन्दिरा भट्टराईले गरेका थिए ।