झापा । जापानले झापाको लक्ष्मीनारायण माध्यमिक विद्यालयमा नयाँ निर्माण भएको कक्षाकोठा भवन हस्तान्तरण गरेको छ ।
झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा जापान सरकारको सहयोगमा निर्माण भएको नवनिर्मित भवनलाई जापानी राजदूतावासका उपप्रमुख तामुरा ताकाहिरोले हस्तान्तरण गरेका हुन् ।
जापान सरकारको निम्नस्तरका मानव सुरक्षा परियोजनाका लागि अनुदान सहयोगअन्तर्गत निर्माण भएको हो । जापान दूतावासद्वारा बुधबार जारी विज्ञप्तिअनुसार उक्त भवनको लागत करिब एक करोड ४६ लाख रुपैयाँ रहेको छ ।