बिर्तामोड । झापा बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा युवा व्यवसायी तथा समाजसेवी आशिष वन चयन भएका छन् । देवी मावि बिर्तामोड नगरपालिकामा रहेको सामुदायिक विद्यालयमध्येको उत्कृष्ट विद्यालयमा पर्छ ।

 

११ सदस्यीय समितिको अध्यक्षमा सामाजिक व्यक्तित्वका रुपमा परिचित उनी चयन भएका हुन् । बिर्तामोड ६ निवासी युवा व्यवसायी उनी खेलप्रेमी व्यक्तिका रुपमा समेत परिचित छन् ।

 

गत फागुन २९ गतेको अभिभावक भेलबाट चार जना सदस्य छनौट भएका थिए । विधानत दुई जना सदस्य मनोनित हुने व्यवस्था अनुसार वन र महिला सदस्यमा लीला ओलीलाई समितिमा मनोनयन गरिएको थियो ।

 

सो विद्यालयमा प्राविधिक धारसमेत अध्ययन हुने हुँदा उद्योग वाणिज्य संघका तर्फबाट दुई जना रहने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मेदनीप्रसाद विश्वकर्मा र गोवेन धिमाल यसअघि नै मनोनित भएको बताइएको छ ।