शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ नम्बर वडा कार्यालयद्वारा आयोजित नौ दिवसीय उद्घोषण तालिम सोमबार सम्पन्न भएको छ । गएको फागुन १९ गतेदेखि वडा कार्यालयको सभाहलमा तालिम सञ्चालन भएको थियो ।

 

चालु आर्थिक वर्ष ०७९/०८० को वडास्तरीय योजनाको दलित लक्षितकार्यक्रम अन्तर्गत आयोजित उक्त तालिमको उद्देश्य सहभागीहरुलाई सीप प्रदान गरि आत्मनिर्भर बनाउनु रहेको वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले जानकारी दिए ।

 

स्थानीय फरवार्ड एजुकेशन फाउन्डेशनको प्रशिक्षण हलमा वडाध्यक्ष उप्रेतीको सभाध्यक्षमा आयोजित समापन कार्यक्रममा १८ जना सहभागीलाई तालिमको प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर सभा सदस्यहरु जानुका दियाली, सरु बुढाथोकी र सुजता रसाइली अर्जुनधारा प्रेस क्लबका अध्यक्ष रमेश समदर्शीलगायतले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

 

प्रशिक्षार्थीद्वय पूर्ण कँडेल र प्रेरणा बर्देवाले तालिमको अनुभवबारे जानकारी गराएको उक्त कार्यक्रमको सञ्चालन अर्का प्रशिक्षार्थी दिपिका लोहारले गरेकी थिइन् ।