शनिश्चरे । अर्जुनधारा नगर क्षेत्रमा रहेका सबै विद्यालयमा ४ दिनका लागि गर्मी विदा दिइएको छ । अर्जुनधारा नगरक्षेत्रमा २८ वटा सामुदायिक, ३२ वटा संस्थागत र ५ वटा धार्मिक विद्यालय सञ्चालनमा रहेका छन् ।

 

अर्जुनधारा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले आज एक सूचना प्रकाशित गर्दै दिन प्रतिदिन बढ्दै गएको गर्मीका कारण भोलि जेठ १९ गतेदेखि २२ गतेसम्मका लागि सबै विद्यालयमा गर्मी विदा दिइएको उल्लेख छ ।

 

सूचनामा भनिएको छ, ‘अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठनपाठन र विद्यार्थीको स्वास्थ्यमा समेत गम्भीर असर पर्नसक्ने देखिएको हुदा ५ दिन विदा गरिएको छ ।’ गर्मीका कारण दिइएको विदा वर्षे विदामा कट्टा हुने पनि सूचनामा उल्लेख छ ।