बिर्तामोड । एसईई परीक्षा २०७९ मा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएर बिर्तामोड २ स्थित रामचौकको मोहनमाया माध्यमिक विद्यालय झापा जिल्लाकै उत्कृष्ट भएको छ ।

 

संस्थागत विद्यालयहरुलाई समेत उछिन्दै सामुदायिक विद्यालय मोहनमाया माविले यस वर्षको एसईई परीक्षामा पनि उत्कृष्ट स्थान हासिल गरेको हो ।

 

मोहनमाया माविका तर्फबाट ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै २६ जनाले उत्तीर्ण गरेका छन् । त्यस्तै ३.२० देखि ३.६० जीपीएमा २४ जना, २.८० देखि ३.२० जीपीएमा ३६ जना, २.४० देखि २.८० जीपीएमा १४ जना, २.०० देखि २.४० जीपीएमा ११ जना र १.६० देखि २.०० जीपीएमा ४ जना विद्यार्थीले उत्तीर्ण गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए । जम्मा ११५ जना विद्यार्थीले परीक्षा दिएका थिए । ती सबै उत्तीर्ण भएका छन् ।

 

झापामा संस्थागततर्फ २३९ र सामुदायिकतर्फ १२७ गरी जम्मा ३६६ वटा माध्यमिक विद्यालय छन् ।झापामा ७१९ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए ल्याएका छन् ।

 

जिल्लाका सामुदायिक र संस्थागत विद्यालयको एसईई नतिजा हेर्दा मोहनमाया माविले सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीएमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराएको शिक्षा विकास तथा समन्वय इकाई झापाले जनाएको छ ।