शनिश्चरे । निजी तथा आवासिय विद्यालय संगठन (प्याब्सन) अर्जुनधाराले नजिकिएको विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

 

प्याब्सन अर्जुनधाराकाे सभाहलमा आयाेजित एक कार्यक्रमका बीच नेपालीहरुको साझा चाडपर्व विजयदशमी, दीपावली, नेपाल सम्वत् ११४३ एवम् छठ पर्व २०८० को अवसरमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

 

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष छत्र कार्कीले उद्घाटन गरेका थिए ।

 

अध्यक्ष सिटौलाले कार्यक्रमको औचित्यसहित स्वागत गरेको कार्यक्रममा प्याब्सन झापाका सदस्य सुमन शर्मा जम्मरकट्टेल, प्याब्सन अर्जुनधाराका प्रमुख सल्लाहकार बालगोपाल गौतम, अर्जुनधारा प्रेस क्लबका सल्लाहकार दिपीन राई, अध्यक्ष रमेश समदर्शी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन कोषाध्यक्ष राजन वाग्लेले गरेका थिए ।