शनिश्चरे । अर्जुनधारा नगरपालिकाकै पुरानो निजी विद्यालय सिर्जना शिशु सदन इङलिस स्कुलले ३२औँ वार्षिकोत्सव शुक्रबार मनाएको छ ।
स्कुलका फउण्डर प्रिन्सिपल विशाल बुढाथोकीको अध्यक्षता तथा अर्जुनधारा ९ नम्बर वडाध्यक्ष भिष्म मिश्रको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।
स्कुलका शिक्षक विष्णु आचार्यले स्वागत गरेको कार्यक्रमको प्रमुख अतिथि मिश्रले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले सामुहिक गायन, नृत्य, युगल नृत्य र एकल नृत्य प्रस्तुत गरेका थिए ।
यसैगरी, विद्यार्थीहरुले विद्यालय प्राङ्गणमै विभिन्न खानाका परिकार बनाए भने मनोरञ्जनात्मक खेल सामग्री पनि प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा शैक्षिक सत्र २०७९ र खेलकुद कार्यक्रम २०८० अन्तर्गतका पुरस्कार पनि वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिपेश पनेरुले गरेका थिए ।