अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका दुई वटा सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई तीन लाख ५० हजार रुपैयाँबराबरको शैक्षिक सामग्री वितरण गरिएको छ ।

 

अर्जुनधारा ९ को कालिस्थान मावि र अर्जुनधारा १० को सिंहबाहिनी आविमा अध्ययनरत विद्यार्थीहरुलाई आज शैक्षिक सामाग्री वितरण गरिएको हो ।

 

मनराम हिमालय हेन्डिक्रयाफ्ट प्रालिअन्तरगत लायन्स मनोरम प्रतिष्ठान २००५ को आर्थिक सहयोगमा अर्जुनधारा नगरले विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको हो ।

 

कालिस्थान माविमा अध्ययनरत ३३५ जना विद्यार्थीलाई एक हजार ७०३ थान कापी, २७५ वटा पेन्सिल, ११० वटा साप्नर, ११० वटा इरेजर र ९ सय वटा डटपेन वितरण गरियो भने सिंहबाहिनी आविका १३० जना विद्यार्थीलाई ५६६ थान कापी, ५०० वटा पेन्सिल, २०० वटा साप्नर, २०० वटा इरेजर र १५० वटा डटपेन वितरण गरिएको बताइएको छ ।

 

अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, अर्जुनधारा १० का वडाध्यक्ष भूपेन्द्र न्यौपाने, मनरामअन्तरगतको लायन्स क्लबका संस्थापक राजेन्द्रकुमार श्रेष्ठ र कम्पनीका प्रतिनिधि बसन्त पौडेलले संयुक्तरुपमा उक्त शैक्षिक सामग्री वितरण गरेको नगर प्रमुखका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिए ।

 

संस्थाले सामाजिक उत्तरदायित्वअन्तरगत झापा, इलाम, पाँचथर, धनकुटा, संखुवासभालगायतका जिल्लामा सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिरहेको बताइएको छ ।