झापा । अर्जुनधारा-८ स्थित स्वस्तिका शिशु सदनमा राष्ट्रिय सेवा दल (एनसीसी)अन्तर्गत जुनियर डिभिजन तालिमको प्रथम प्रवचन कार्यक्रम उद्घाटन गरिएको छ ।
राष्ट्रिय सेवा दलको आयोजनामा सञ्चालित उक्त तालिमको उदेश्य यूवाहरुमा राष्ट्रिय भावनाको विकास गराउने ,अनुशासन ,विपद् व्यवस्थापन र नेतृत्व विकास गर्ने रहेको छ ।
सय दिन सम्म सञ्चालन हुने सो तालिममा कक्षा ८, ९ र १० का १८ जना छात्र र १८ छात्राहरु सहभागी रहेको विद्यालयका प्रिन्सीपल ओमप्रकाश ओझाले बताए ।
यस तालिमबाट विद्यार्थीको आन्तिरिक क्षमता विकास हुनुका साथसाथै सामाजिक कार्यमा क्रियाशिलताको भावना विद्यार्थीमा जागृत गराउन तालिम ल्याइएको विद्यालयका निर्देशक वसन्त श्रेष्ठले बताए ।
भोलिबाट सुरु हुने सो तालिममा ७९ दिन संस्थागत तालिम हुनेछ भने २१ दिन मोरङको याङसिलामा क्याम्प हुनेछ । तालिमको सहजिकरण प्यूठ जनक शिवाकोटीले र अमल्दार कुमार तामाङले गर्ने बताइएको छ ।
आइतबार गरिएको तालिम उद्घाटन कार्यक्रममा चारआलीका (कर्णेल) प्रमुख सेनानी मुक्काहाङ याक्थुम्वाले सहभागी विद्यार्थीलाई शुभकामना दिए । कार्यक्रमको सञ्चालन क्याप्टेन सुरज कट्वालले गरेका थिए ।