बिर्तामोड । १७ वर्षअघि देखि सेवा दिइरहेको फस्ट स्टेप इजुकेशनल कन्सल्टेन्सीले झापाको बिर्तामोडबाट पनि सेवा दिने भएको छ । फस्ट स्टेपको बिर्तामोडमा पाँचौ शाखा सञ्चालनमा आउन लागेको हो ।
काठमाडौंपछि बुटबल, नेपालगञ्ज र दाङबाट सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले जेठ अन्तिमदेखि झापाको बिर्तामोडबाट पनि सेवा दिन लागेको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अमित पौडेलले जानकारी दिए ।
बिर्तामोड १ स्थित पूर्वपश्चिम राजमार्गमै कन्सल्टेन्सीको कार्यालय स्थापना गरिएको छ । करिब एक हप्तापछि शाखा कार्यालयको उद्घाटन गरिने प्रबन्ध निर्देशक पौडेलले जानकारी दिएका छन् ।
कन्सल्टेन्सीले विशेष गरेर युके, फ्रान्स, अस्ट्रेलिया, क्यानडा, इन्डियालगायतका देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्शसँगै भिषा प्रोसेसिङबारेमा सेवा दिनेछ ।
साथै, त्यहाँको रहनसहन, भाषा, धर्मसंस्कृति, वातावरणजस्ता विषयमा परामर्श दिने बताइएको छ । एक संक्षिप्त पत्रकार सम्मेलनमा बिर्तामोड शाखाकी प्रमुख दीक्षा बस्नेत र कन्सल्टेन्सीकी राशिका उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।