अर्जुनधारा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) झापाको आयोजनामा नगर प्याब्सनले सञ्चालन गरेको पालिकास्तरिय सांस्कृतिक कार्यक्रममा विभिन्न पाँच विधामा उत्कृष्ट हुने विद्यालयको नतिजा सार्वजनिक भएको छ ।

प्रतियोगितात्मक रहेको कार्यक्रम अन्र्तगत माविको नेपाली लोक भाकामा आधारित सामूहिक नृत्यतर्फ प्रथम न्यू होप अङग्रेजी माध्यमिक विद्यालय, द्धितीय एम्स एकाडेमी र तृतीय रुपरत्न मेमोरियल अङग्रेजी माध्यमिक विद्यालय, आधारभूतको राष्ट्रिय तथा देशभक्ती गीतमा आधारित सामूहिक नृत्यतर्फ प्रथम देवी पाथीभरा अङग्रेजी आवासिय विद्यालय, द्धितीय एम्स एकाडेमी र तृतीय रुपरत्न मेमोरियल अङग्रेजी माध्यमिक विद्यालय र प्राविको आधुनिक नेपाली गीतमा आधारित सामूहिक नृत्यतर्फ प्रथम देवी पाथीभरा अङग्रेजी आवासीय विद्यालय, द्धितीय गोर्खा अङग्रेजी माध्यमिक विद्यालय र तृतीय ब्रीलीयन्ट अङग्रेजी माध्यमिक विद्यालय भएका छन् ।

त्यस्तै १२ वर्षमुनिका जुनियर गायनतर्फ प्रथम देवी पाथीभरा अङग्रेजी आवासीय विद्यालय, द्धितीय रुपरत्न मेमोरियल अङग्रेजी माध्यमिक विद्यालय र तृतीय सूर्यज्योती अङग्रेजी आवासिय विद्यालय र १२ वर्ष माथिका सिनियर गायनतर्फ प्रथम रुपरत्न मेमोरियल अङग्रेजी माध्यमिक विद्यालय, द्धितीय प्रगति अङग्रेजी माध्यमिक विद्यालय र तृतीय खुदुनावारी कञ्चनजंगा भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको नगर प्याब्सनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक बालगोपाल गौतमले बताए । त्यस्तै कार्यक्रममा संस्थागत विद्यालयकोतर्फबाट शैक्षिक क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तित्वहरुसँगै उत्कृष्ट विद्यालय र विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो ।

अर्जुनधारा–९स्थित प्रगति अङग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा नगर प्याब्सनको अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

कार्यक्रम संयोजक गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगर पूर्वाधार विकास समितिका संयोजक रमेश त्रिखत्री, नगर खेलकुद समितिका संयोजक अर्जुन मेचे, प्याब्सन केन्द्रीय सदस्य मोहन सुब्बा, प्याब्सन झापाका सहसचिव प्रभुकुमार श्रेष्ठ, सदस्य इश्वरा श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्य र कोषाध्यक्ष कुमार रायाले गरेका थिए ।