इलाम । इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अज्ञात समूहले तोडफोड गरेको छ । मंगलबार गरिएको तोडफोडबाट क्याम्पसका दुईओटा झ्यालका सिसा फुटेका छन् ।
घटनालगत्तै पटक-पटक खबर गर्दासमेत प्रहरी आएर कारबाही अघि नबढाएकाले क्षतिको विवरण थाहा हुन नसकेको क्याम्पस प्रमुख रामप्रसाद गुरागाइँले बताए ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०निकट विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पस प्रमुखको राजीनामालगायतका १८ बुँदे माग गर्दै ५० दिनदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
तालाबन्दीका कारण नियमित पठनपाठनमासमेत बाधा भइरहेको छ ।