इलाम अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु
इलाम । इलाममा मृगौला रोगीका लागि निःशुल्क डाइलासिस सेवा सुरु भएको छ । तीन वटा मेसिनबाट इलाम अस्पतालमा मृगौला रोगीका लागि हेमोडाइलासिस सेवा सुरु भएको हो । हालसम्म ६ जना बिरामीको ३१ पटक डाइलासिस गरिएको अस्पतालले जनाएको छ । ...