स्विस राजदूतद्वारा पाथीभरा मन्दिरको दर्शन

न्यूज सञ्जाल १७ आश्विन २०७८, आईतवार ०८:३८

ताप्लेजुङ । नेपालका लागि स्विस राजदूत एलिजावेथ वोन क्यापलरले पाथीभरा मन्दिर पुगेर फर्किएकी छन् । शुक्रबार बिहान सदरमुकाम फुङलिङबाट गएकी उनी बेलुका फर्किएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।   राजदूत क्यापलरले जाँदा र फर्कँदा गरी ...

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

न्यूज सञ्जाल १४ आश्विन २०७८, बिहीबार २१:४४

झापा । झापामा जङ्गली हात्तीको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । निगुरो टिप्न जङ्गल गएकी बिर्तामोड नगरपालिका ८ नेपाल चोककी ५० वर्षीया लतुमाई मर्डीको हात्तीको आक्रमणबाट ज्यान गएको हो ।   भद्रपुर नगरपालिका १० स्थित चन्द्रगढी सामुदायिक वनमा ...

५० वर्षअघि चोरिएको शिवमूर्ति न्युयोर्कबाट फर्कंदै

न्यूज सञ्जाल १४ आश्विन २०७८, बिहीबार ०८:३२

काठमाडौँ । सन् ७० को दशकमा कंकेश्वरी मन्दिरबाट चोरिएको पुरातात्विक महत्त्वको शिवको मूर्ति अमेरिकाको न्युयोर्कस्थित मेट्रोपोलिटान म्युजियमले नेपाललाई फिर्ता दिने भएको छ ।   शिवको मूर्ति मेट्रो म्युजियममा भेटिएको सूचना आएपछि झन्डै एक वर्षयता यसको उत्पत्तिको पहिचान’ तथा प्रमाणका बारेमा ...

पाथीभरा दर्शन गर्न अब कन्यामबाट हेलिकोप्टर

न्यूज सञ्जाल १४ आश्विन २०७८, बिहीबार ०८:००

इलाम । स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थ स्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजया दशमीको अवसर पारेर इलामको पर्यटकीय स्थल कन्याम र कुटीडाँडाबाट असोज २१ देखि २९ गतेसम्म ...

चारआलीमा चोरी गर्ने मेचीनगरका दुई युवा पक्राउ

न्यूज सञ्जाल १३ आश्विन २०७८, बुधबार २०:५३

झापा । चोरीमा संलग्न मेचीनगरका दुई जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा मेचीनगर १३ बस्ने २३ वर्षिय संजय विश्वकर्मा र सोही ठाउँका २४ वर्षिय प्रवेश सुन्दास रहेका छन् । गत असोज ९ गते विहानको राति मेचीनगर १३ चारआलीस्थित ...

सञ्चालनमा आएन फिदिम बसपार्क, स्थानीय आक्रोशित

न्यूज सञ्जाल १३ आश्विन २०७८, बुधबार १८:३४

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा तीन वर्षअघि निर्माण गरिएको बसपार्क संचालन नभएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । करौडौँको लगानीमा बसपार्क निर्माण गरिए पनि सञ्चालनमा नआएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन्। बसपार्क खाली रहेको र जथावाभी ...

महिलाको चरित्र हत्या गर्ने युट्युब च्यानलका ४ जना पक्राउ

न्यूज सञ्जाल १३ आश्विन २०७८, बुधबार १७:५६

काठमाडौँ । महिलाको चरित्र हत्या हुने र समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रशारण गरेको भन्दै ४ जना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन् । एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट ४ जना युट्युब च्यानलका सञ्चालकलाई प्रहरीले पक्राउ ...

तराई क्षेत्रमा जितिया पर्व मनाइँदै

न्यूज सञ्जाल १३ आश्विन २०७८, बुधबार ०८:१०

झापा । तराईलगायत अन्य केही जिल्लामा आज जितिया पर्व मनाइँदै छ । मातृस्नेहको रुपमा मनाइने यो पर्वमा बिहानै नजिकैको जलाधार अथवा नदीमा स्नान गरी तोरीको तेल र ‘खर’ चढाउने परम्परा रहिआएको छ । यो पर्वमा आमाहरूले स्नान गरेर मात्र चोखो ...

‘यूके लाहुरे हुँ’ भन्दै महिलासँग लाखौँ ठग्ने भोजपुरका युवा पक्राउ

न्यूज सञ्जाल १२ आश्विन २०७८, मंगलवार १८:३८

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा आफू ‘यूके लाहुरे हुँ’ भन्दै महिलालाई प्रेममा पारेर लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएर हाल काठमाडौँको बूढानीलकण्ठ १० चुनिखेलमा बस्दै आएका ३१ वर्षीय केदार राई रहेका ...

धनकुटाबाट २८ हजार नक्कली नोटसहित एक पक्राउ

न्यूज सञ्जाल १२ आश्विन २०७८, मंगलवार १८:०७

धनकुटा । जिल्लामा २८ हजार नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनकुटा नगरपालिका ९ मूलघाटमा सोमबार राति प्रहरीले एक हजार दरका २८ वटा नोटसहित धनकुटा १ हिलेका युवालाई पक्राउ गरेको हो । बरामद नोट एउटै नम्बरका छन् ...

1 … 360 361 362 363 364 … 769
×