पत्रकार प्रसाईद्वारा आमाको स्मृतिमा पत्रकार उपचार कोषलाई सहयोग

न्यूज सञ्जाल ८ भाद्र २०७८, मंगलवार १८:१८

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाका कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन् । प्रसाईंले आमा दमन्तादेवीको ११औं वार्षिक पुण्य तिथिका दिन मंगलबार पत्रकार उपचार कोषका लागि महासंघ झापा ...

एकीकृत बौद्ध धर्म संरक्षण समितिको नेतृत्व चयन

न्यूज सञ्जाल ८ भाद्र २०७८, मंगलवार १८:०८

काँकरभिट्टा । एकीकृत बौद्ध धर्म संरक्षण समिति काँकरभिट्टाको तेस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा दिलकुमार तामाङ चयन भएका छन् । मंगलबार काँकरभिट्टाको टाँसी छोलिङ गुम्बामा सम्पन्न साधारणसभाबाट उपाध्यक्षमा वेदना गुरुङ, सचिवमा कृष्ण सिंजाली मगर र कोषाध्यक्षमा निङ्मा छिरिङ शेर्पा चुनिएका छन् । ...

पटन प्राणीमा फेरि धनबहादुर रानामगर

न्यूज सञ्जाल ८ भाद्र २०७८, मंगलवार १७:४९

मेचीनगर । मेचीनगर ८ स्थित पटन प्राणी कल्याण बौद्ध विहार गुम्बाको तेस्रो वार्षिक अधिवेशनबाट धनबहादुर रानामगर पुनः अध्यक्षमा चयन भएका छन् । गुम्बा परिसरमा सोमबार भएको अधिवेशनबाट उपाध्यक्षमा कमला खपुतरी मगर, सचिवमा ओम थापा मगर, सहसचिवमा जुनु रजान मगर र ...

फिदिममा भिरबाट लडेर घलेगाउँका बृद्धको मृत्यु

न्यूज सञ्जाल ८ भाद्र २०७८, मंगलवार १०:३७

पाँचथर । फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदमबहादुर राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटेस्थित भिरबाट अन्दाजी १०० मिटर तल झरी मृत अबस्थाममा उनकै छोराले फेला ...

राजुको उपचारमा सिओनीका बुबाबाट १५ लाख सहयोग

न्यूज सञ्जाल ८ भाद्र २०७८, मंगलवार १०:११

झापा । बिर्तामोडका ब्लड क्यान्सर पीडित राजु चौधरीलाई एकै व्यक्तिले १५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सहयोगी भावनाको कदर गर्दै अहिले सामाजिक सञ्जालमा उनको प्रशंसासँगै चर्चा चुलिएको छ । चौधरी बिर्तामोडको रेडियम ब्यान्डका गायक तथा गितारिस्ट हुन् । ...

सुनसान बन्यो माइपोखरी, व्यवसायीलाई खर्च धान्नै धौधौ

न्यूज सञ्जाल ८ भाद्र २०७८, मंगलवार ०८:१०

प्रकाश नेपाल, इलाम । सिजनमा दैनिक सात सयसम्म पर्यटकले भ्रमण गर्ने इलामको रामसार क्षेत्र माईपोखरी कोरोना माहामारीपछि सुनसान बनेको छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको रामसार क्षेत्रमा अहिले पर्यटकीय गतिविधि पनि ठप्प छ । कोरोना माहामारीअघि माईपोखरीको प्राकृतिक ...

दोहोरो नागरिकता लिएको आरोपमा दुई नेपाली भारतमा पक्राउ

न्यूज सञ्जाल ७ भाद्र २०७८, सोमबार १९:४०

राेहित काफ्ले, झापा । झापाको काँकडभिट्टा नाकाबाट भारत प्रवेश गरेका दुई नेपाली महिलालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ । दोहोरो नागरिकता लिएको आरोपमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ४१ बटालियनले उनीहरूलाई सीमावर्ती पानी ट्याङ्की नाकाबाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका ...

पत्रकारलाई लागुऔषध राखेर फसाएको पुष्टि, दुई प्रहरी निलम्बित

न्यूज सञ्जाल ७ भाद्र २०७८, सोमबार १७:३८

रौतहट । रौतहटमा सादा पोसाकमा खटिने प्रहरी (घुमुवा)ले लागुऔषध राखेर पत्रकारलाई फसाएको पुष्टि भएको छ । लागुऔषध ‘प्लटिङ’ गरेको आरोपमा प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाह र शेख गुलाबलाई ...

बिर्तामोड खोप प्रकरणमा त्रुटि गराउनेलाई कारबाही सिफारिस

न्यूज सञ्जाल ७ भाद्र २०७८, सोमबार १७:०५

बिर्तामोड । बिर्तामोड खोप प्रकरणमा आरोपित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खोम खड्काले सफाइ पाएका छन् । खोप प्रकरणको छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन आज सार्वजनिक गरेपछि त्यस्तो निश्कर्ष निस्किएको हो । छानबिन समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन ...

झापामा ८ महिनाकी नानीसहित झुण्डिए दम्पत्ति

न्यूज सञ्जाल ७ भाद्र २०७८, सोमबार ०९:३८

झापा । झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना ...

1 … 378 379 380 381 382 … 769
×