खोटाङमा जीप दुर्घटना : ३ को मृत्यु, ४ घाइते

न्यूज सञ्जाल ११ कार्तिक २०७७, मंगलवार १७:५३

खोटाङ । खोटाङमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य चार जना घाइते भएका छन् । उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु ...

मान्यजनबाट आज पनि दशैँको टीका र जमरा लगाइँदै

न्यूज सञ्जाल ११ कार्तिक २०७७, मंगलवार ०७:३२

काठमाण्डौ । दशैँको टिका र जमरा आज पनि लगाइँदैछ । हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने ...

समालोचक जयप्रसाद ढकालको निधन

न्यूज सञ्जाल १० कार्तिक २०७७, सोमबार १९:४७

बिर्तामोड । प्रगतिशील समालोचक जयप्रसाद ढकालको आज दिउँसो निधन भएको छ । अर्जुनधारा ९ निवासी ढकालको ८७ वर्षको उमेरमा दिउँसो ३.४५ बजे आफ्नै घरमा निधन भएको हो । उनी केही वर्षदेखि अल्जाइमर रोगले पीडित थिए । २०१२ सालमा नेपाल प्रगतिशील ...

परेवा संरक्षणमा जुट्यो कुम्मायक गाउँपालिका

न्यूज सञ्जाल १० कार्तिक २०७७, सोमबार १७:३३

पाँचथर । जिल्लाको कुम्मायक गाउँपालिका यासोक बजारमा रहेको परेवाको गुँड तथा त्यहाँ रहेका परेवाको संरक्षणमा जुटेको छ। गाउँपालिकाको केन्द्र रहेको ऐतिहासिक यासोक बजारको मध्यभागमा अवस्थित परेवाको गुँड मर्मत सम्भार तथा त्यहाँ रहेका परेवाको संरक्षणका लागि गाउँपालिकाले समिति नै गठन गरेको ...

पोखरीमा डुबेर इलाममा एक वृद्धको मृत्यु

न्यूज सञ्जाल १० कार्तिक २०७७, सोमबार १७:२१

इलाम । जिल्लाको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा देउमाई नगरपालिका-३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री छन्। गए राति घरबाट निस्केका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिए। ...

दसैंमा कता फर्केर टीका लगाउने ?

न्यूज सञ्जाल १० कार्तिक २०७७, सोमबार ०८:०७

झापा । विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ। टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने पंचाङग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए। ...

आज विजयादशमी, टीकाको उत्तम साइत १०ः१९ बजे

न्यूज सञ्जाल १० कार्तिक २०७७, सोमबार ०७:२९

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा ...

बेसहारा भुटानी शरणार्थी बालबालिकालाई दशैंमा लुगा र नगद

न्यूज सञ्जाल ९ कार्तिक २०७७, आईतवार १८:०७

दमक । झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर तथा शिविर आसपासको नेपाली समुदायका अभिभावकबिहीन भएका ३८ जना बालबालिकालाई दशैंमा नयाँ लुगा, जुत्ता र नगद १० हजारका दरले सहयोग वितरण गरिएको छ । दमक नगरपालिका ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ...

झापाका १२४ सहित प्रदेश १ मा आज ५५७ कोरोना संक्रमित थपिए

न्यूज सञ्जाल ९ कार्तिक २०७७, आईतवार १७:४९

झापा । प्रदेश १ मा आज ५५७ जना कोरोना संक्रमितहरु थपिएका छन् । थपिएका मध्ये ३५८ जना पुरुष छन् भने १९९ जना महिला छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको २५० जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये विराटनगरमा ...

झापा नाटक घरलाई सहयोग गर्ने सांसद र मन्त्रीको प्रतिवद्धता

न्यूज सञ्जाल ९ कार्तिक २०७७, आईतवार १७:१८

बिर्तामोड । झापा क्षेत्र नं. २ की संघीय सांसद पबित्रा निरौला खरेल र प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले निर्माणाधीन झापा नाटक घरलाई पूर्णता दिन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । क्षितिज नाट्य समूह झापाको अगुवाईमा निर्माणाधीन ...

1 … 487 488 489 490 491 … 769
×