अर्जुनधारमा प्रम रोजगार कार्यक्रम, ८० प्रतिशत महिला

न्यूज सञ्जाल २ असार २०७६, सोमबार १७:०१

झापा । अर्जुनधारा नगरपालिकामा सोमबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । नगरपालिकाका मेयर हरिकुमार राना मगरले नगर परिसरमा धुपीको बिरुवा रोपेर उद्घाटन गरिएको प्रम रोजगार कार्यक्रममा ८० प्रतिशतभन्दा बढी महिलाले रोजगार पाएका छन् । नगरका ११ वटै वडा कार्यालयबाट ...

गर्मीमा बच्ने भालेको उपाय… (भिडियो हेर्नुस्)

न्यूज सञ्जाल २ असार २०७६, सोमबार ०९:५०

अहिले गर्मीको सिजन चलिरहेको छ । मान्छेलाई जस्तै पशुपक्षीलाई पनि गर्मी अचाक्ली हुने रहेछ भनेर यो भिडियोले प्रष्ट पारेको छ । भिडियोमा गर्मी छल्नका लागि कुखुराको भालले अपनाएको जुक्ति निकै रोचक छ । विन्दास पानीमाथि तैरेको अवस्थामा भालेलाई जति नै ...

आज हावाहुरीसहित वर्षाको सम्भावना

न्यूज सञ्जाल २ असार २०७६, सोमबार ०९:४४

झापा । एक सातायता बढेको तापक्रम सोमबारदेखि भने केही मात्रामा घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार देशको धेरैजसो पहाडी भेगमा बेलुकीपख हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले भन्नुभयो, 'बंगालको खाडीमा बनेको ...

मनसुन बंगालमै रोकिँदा अत्यधिक गर्मी

न्यूज सञ्जाल २ असार २०७६, सोमबार ०९:१२

काठमाडौँ- मौसमी प्रणाली बंगालको खाडीमै रोकिएपछि नेपाल आउने मनसुनी प्रणाली अवरुद्ध भएको छ । मनसुन पछि धकेलिँदा देशैभर तापक्रम बढिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार यतिबेला बंगालको खाडी हुँदै जलवाष्पयुक्त वायु आइसक्नुपर्थ्यो । 'जलवाष्पयुक्त वायुको प्रवाह भएको ...

मेचीनगरका आमाछोरामा डेंगुको संक्रमण !

न्यूज सञ्जाल २ असार २०७६, सोमबार ०८:३५

झापा । झापाको मेचीनगर-९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमाछोरा दुई जनामा डेँगुको सङ्क्रमण देखिएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार सुनसरीको धरानमा अध्ययनमा रहेका बखत २२ वर्षीय छोरालाई डेँगु भएको र उनको हेरचाहमा पुगेकी ४९ वर्षीया आमामा समेत डेँगुको ...

घटेन डेंगु प्रकोप : किट नहुँदा रगत परीक्षणमै समस्या

न्यूज सञ्जाल ३२ जेष्ठ २०७६, शनिबार १७:५७

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगुले प्रकोप एक महिनासम्म नियन्त्रणमा आएको छैन। यसमा सरकारको बेवास्ता र स्थानीयको लापरवाही कारक रहेको चिकित्सकको भनाइ छ। सरकारले औषधोपचारका लागि समयमा ध्यान नदिएको धरान–१५ का लोकेन्द्र खड्काले बताए। एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस ...

पूर्वी पहाड घुम्दा

न्यूज सञ्जाल ३२ जेष्ठ २०७६, शनिबार १५:२२

लोकराज बराल झापामा जन्मिएको, बढेको मान्छेलाई मधेस र पहाडको फरक त्यति लाग्दैन । इरौंटार (हालको शान्तिनगर) भौगोलिक बनावट र रहनसहनले पहाड र मधेसको भेदलाई अझ कम गरेको हुन्थ्यो । यो २००७ साल र अझ अघिको समयको कुरा हो । त्यतिखेर हिउँदमा पहाडबाट भारतको ...

मुहान सुकेपछि बसाइँ सर्ने बढे

न्यूज सञ्जाल ३२ जेष्ठ २०७६, शनिबार १५:०३

तेह्रथुम- खानेपानी समस्याका कारण छथर गाउँपालिका ३ पञ्चकन्याबासीको बसाईं सर्न क्रम बढेको छ । पानी नै नभएका कारण गाउँ रित्तिने अवस्थामा पुगेको छ । मल, विउ, खेती प्रविधि र मौषम अनुकुल भए मात्र अन्न उत्पादन हुने यो गाउँमा असार लाग्दा पनि पानीको ...

अर्जुनधराका १३ जनासहित झापाका १०५ कृषकलाई कृषि यन्त्र उपकरण

न्यूज सञ्जाल ३२ जेष्ठ २०७६, शनिबार १४:५३

झापा । हल गोरुसँगै काम गर्ने मजदुर पाउने छाडिएकोले कृषि क्षेत्रमा यान्त्रिकरण भित्र्याउने उद्देश्यले झापामा पहिलो पटक १०५ जना कृषकलाई एकै पटक साना कृषि यन्त्र उपकरण वितरण गरिँदैछ। जसमा अर्जुनधारा नगरपालिकाका १३ जना कृषक पनि परेका छन् । प्रदेश १ ...

सुतेकै ठाउँमा खुकुरी प्रहार, एक युवा गम्भीर घााइते

न्यूज सञ्जाल ३२ जेष्ठ २०७६, शनिबार ११:२९

उर्लाबारी । मोरङको उर्लाबारी-९ सिम्बुटोलमा एक युवामाथि सुतिरहेको ठाउँमा अन्धाधुन्ध खुकुरी प्रहार भएको छ । सेम्बुटोलका इन्द्रहाङ शेर्मालाई सोहि वडाकै प्रकाश थापाले शुक्रवार राति १२ बजेतिर ज्यानमार्ने उदेश्यले अन्धाधुन्ध खुकुरी प्रहार गरेका हुन् । इन्द्रहाङको घाँटी, छाती लगायत शरिरको बिभिन्न ...

1 706 707 708 709 710 760
×