झापा । चौथो मगमग झापा गोल्डकपको फाइनल खेलमा नेपाली सिने जगतका कलाकार दयाहाङ राई, मेनुका प्रधान र गौरव पहारी आउँदैछन् ।

चलचित्र ‘साइँली’को प्रमोशनका क्रममा उनीहरु झापा गोल्डकपको फाइनलमा आउन लागेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।

उनीहरुले झापा गोल्डकपको ट्रफी उचालेर दर्शकसमक्ष प्रदर्शन गर्नेछन् ।