शनिश्चरे । वेग स्टेट डान्स सेन्टर अर्जुनधारा ७ मिलडाँडाले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आइतबार शनिश्चरे बजारमा वेग स्टेट म्युजिकल शो सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेन्टरका कलाकारहरुले करिब चार घण्टा आफ्ना प्रस्तुति दिएका थिए । कला, संस्कृतिप्रेमीहरुको आर्थिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

झापा जिल्ला नृत्य कलाकार संघका अध्यक्ष एलपी श्रेष्ठ विशिष्ट अतिथि रहेको कार्यक्रममा तीन जना कलाकारलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा सेन्टरका प्रबन्धक मनिष शंकरको कोरियोग्राफी कलाकारले नृत्य प्रस्तुत गरेका सेनटरका सल्लाहकार दिपेन दनुवारले जानकारी दिए ।