झापा । वीरता जेसीज र बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टको संयुक्त आयोजनामा किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजिते मिस टिन प्रदेश १ को क्लोज क्यामप सोमबारबाट सुरु भएको छ ।

वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता तथा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका विकास बस्नेतले आस्था बाचन गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका ट्रेनिङ कमिस्नार तथा वीरता जेसीजका निवर्तमान अध्यक्ष एकराज गिरी, मिस टिन १ नम्बर प्रदेश २०१८ कि विजेता रुक्सुम गुरागाईं, इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहनकुमार थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारी, वीरता लेडी जेसीजका महासचिव सुस्मा भण्डारी, बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टका निर्देशक एलसी श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विभिन्न अडिसन पार गरेर आएका २५ जना प्रतियोगीलाई क्लोज क्याम्पमा सहभागी गराएर विभिन्न प्रशिक्षण दिइने बिर्ता मिडिया एण्ड इन्टरनेन्टमेन्टका संयोजक राज सुब्बा लावतीले जानकारी दिए । प्रतियोगिताको कोरियोग्राफी मिस नेपालमा सहभागी एलिशा अधिकारीले गर्ने बताइएको छ ।

कार्यक्रमको सञ्चालन वीरता जेसीजका कार्यकारी उपाध्यक्ष जीवनकुमार खड्काले गरेको मिडिया कोअर्डिनेटर वीरता जेसीजका तुलसीप्रसाद निरौलाले जानकारी दिए ।