झापा । नृत्यको छुट्टै प्रज्ञा प्रतिष्ठान र एकाडेमी हुनुपर्छ भन्ने मुल नाराका साथ असार २३ गते देखि २९ गतेसम्म नृत्य कलाकारहरुको हस्ताक्षर संकलन अभियानको आज उद्घाटन कार्यक्रम झापा बिर्तामोडबाट सुरु भएको छ।

बरिष्ठ गीतकार तथा साहित्य चौतारी झापाका संस्थापक अध्यक्ष शिवशंकर थापाको प्रमुख आतिथ्यता तथा अभियानका संयोजक राजु बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्य चौतारी झापाका संरक्षक देवीभक्त श्रेष्ठ, अध्यक्ष टंक विकल्प, उपाध्यक्ष तथा संगीत प्रविणकृष्ण तामाङ, बरिष्ठ नृत्य निर्देशक नेत्र उप्रेती, वीरता जेसीसका अध्यक्ष विशाल थापाले शुभकामना तथा बिदाइ गरेका थिए ।

झापा जिल्ला नृत्य कलाकार संघका अध्यक्ष लोकचन्द्र श्रेष्ठले स्वागत, अभियानका प्रवक्ता शंकर बिकले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको संचालन राज सुब्बा लावतीले गरेका थिए । अभियानमा नृत्य निर्देशकहरु देव खड्का, पदम तामाङ, राज शेर्मा, अमन गुप्ता, अमित प्रसाईं, शंकर बिक, लोकचन्द्र श्रेष्ठ, राज सुब्बा लावती र राजु बस्नेतको सहभागिता रहेको र प्रत्येक जिल्लाबाट सहभागिता बढ्दै जाने बताइएको छ ।