झापा । विविध कारण देखाउदै भाद्र १३ बाट असोज ३ का लागि रिलिज मिती तोकिएको, स्वजातिय विवाह र अन्तर्जातिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा वाचन फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को ट्रेलर रिलिज भएको छ । शुक्रबार ४ बजे रिलिज हुने बताइए पनी केही समय ढिल गरी रिलिज हुँदा धेरै दर्शक आक्रोसित भएको देख्दा यो फिल्मको व्यग्र प्रतिक्षा दर्शकमा रहेको सहजै अनुमान लगाउन सकिन्छ ।

मुख्य पात्रहरु दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी र विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराललाई प्राथमिकताका साथ देखाइएको ट्रेलरमा फेरी पनि एउटै मैयाको लागि ३ जना युवाहरु विचको भिडन्त्तलाई गज्जवले प्रस्तुत गरीएको छ ।फेरी पनि प्रस्तुत ट्रेलर मा कलाकारको प्रस्तुती हेर्दा ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता र उत्सुकता जागृत गराएको छ ।

सफल चलचित्र ‘कबड्डी’को तेस्रो सिक्वेल अर्थात ब्रान्ड नाम, प्रतिष्ठित ब्यानर, नाम चलेका कलाकारहरु र एकपछि अर्को फिल्मबाट दर्शकको विश्वास जित्न सफल निर्देशक र कलाकारहरु जोडिएका कारण पनि यो फिल्मको ट्रेलरको लामो समयदेखि प्रतिक्षा भइरहेको थियो । मौलिक विषयवस्तुलाई सशक्त ढंगले दृश्यभाषामार्फत् व्यक्त गर्न माहिर निर्देशक रामबाबु गुरुङ्ग ले निर्देशन गरेको फिल्म लाई मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार ले फिल्म निर्माण गरेका हुन । कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।

शैलेन्द्र डि. कार्कीले खिचेको यो फिल्म बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको हो । पछिल्लो समय दर्शकलाई हलसम्म तान्ने बलियो अस्त्रको रुपमा गीतसंगीत र ट्रेलर नै हो । त्यसैले पनि ‘कबड्डी कबड्डी कबड्डी’को रिलिज भएको गीत ‘दुबो फूल्यो’बोलको गीतले विवाद सङ्गै राम्रै चर्चा बटुलिरहेको छ । सङ्गै यस फिल्मको शीर्ष गीतलाई अझ फरक शैलीमा प्रस्तुत गरिएको छ जुन र्याप शैलीमा रहेको छ जुन गीतले पनि चर्चा बटुली रहेको छ ।

भाद्र १३ गतेबाट पोस्टपोन्ड भएर दशैंको विदा ताक्दै असोज ३ गतेबाट प्रदर्शन हुन लागेको यस वर्षको बहुप्रतिक्षीत फिल्म हो। असोज ३ सोलो रिलिज सङ्गै राम्रो व्यापार गर्नेमा दुइमत छैन । अघिल्लो सिरिज कबड्डी, कबड्डी कबड्डीलाई दर्सक अत्यधिक रुचाएका थिए भने तेस्रो सिक्वेललाई रुचाउलान ?

हेर्नुस्, ट्रेलर…