बिर्तामोड । ‘अटोरिक्सामा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार चूडामणि पौडेलद्धरा रचना गरिएको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । उनी बजाज कम्पनीद्धरा निर्मित अटो रिक्साका आधाकारिक बिक्रेता हलेंसी ट्रेड लिङ्कका प्रोपाइटर हुन् ।

सोमबार बिर्तामोडस्थित होटल हेभनमा एक कार्यक्रमका बीच अग्रज पत्रकार चन्द्र भण्डारीले उक्त म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गायक सन्तोष सिवाको स्वर रहेको उक्त गीतको म्यूजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र कलाकार बन्दना आचार्यले मोडलिङ गरेका छन् । गायक स्वयम् अटो रिक्साका चालक हुन् । भिडियोमा देखिने केही कथा उनीसँग मिल्नेछ ।

म्यूजिक भिडियोका उत्पादक तथा गीतका रचनाकार पौडेल लामो समयदेखि संगीत सिर्जनामा लागिरहेका सर्जक हुन् । उनले हालसम्म एक सयभन्दा बढी गीत रचना गरिसकेका छन् ।

झापा, चितवन र काठमाडौँमा छायांकन गरिएको उक्त गीत रेकर्डि र भिडियो बनाउन तीन लाख रुपैयाँ खर्च भएको उनले जानकारी गराए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र उपाध्यक्ष राजु न्यौपानेले शुभकामना मन्तब्य राखेका थिए ।