अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले गत फागुन ४ गतेदेखि आयोजना गरेको ‘बृहत नगर महोत्सव’ पूर्व तयारीका निर्णायकहरुलाई सम्मान गरेको छ ।

नगरपालिकाले वडागत रुपमा विविध कार्यक्रम गरी फागुन ४ गतेबाट ११ दिनसम्म सञ्चालन गरेको नगर महोत्सबमा निर्णायकको भूमिका निर्वाह गर्ने ७ जनालाई आइतबार नगरको कार्यालयमा सम्मान गरेको हो ।

नगर प्रमुख हरिकुमार रानाले उनीहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा हस्त परियार, कुमार भट्टराई, कालिबहादुर थापा, सुजन समाल, कृष्ण बराल, कृष्णप्रसाद पौडेल र सन्तोष मगर छन् । उनीहरुले भाषा, कला, साहित्य तथा संस्कृति प्रर्वदन समितिमा रही निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

नगर प्रमुख रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिकी संयोजक सुशिला सुवेदीले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन समितिका सचिव तिवेन्द्र अधिकारीले गरेका थिए ।

कार्यक्रममा एम्स एकाडेमी, वडा नं ५ को नौमती बाजा, न्यू होप स्कुल, वडा नं ८ को सन्थाल नृत्य र वडा नं १० को संगिनी नृत्यलाई यातायात खर्च उपलब्ध गराउने समितिले निर्णय गरेको थियो ।