दमक । प्रदेश-१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आज झापाको कमल गाउँपालिका-२ समयगढस्थित महेन्द्ररत्न माध्यमिक विद्यालयको १४ कोठे पक्की भवनको शिलान्यास गर्नुभएको छ ।

विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच मन्त्री कार्कीले विद्यालय भवनको वैदिक विधिपूर्वक भवन शिलान्यास गरेको प्रधानाध्यापक बालकृष्ण संग्रौलाले वताउनुभयो । प्रअ संग्रौलाका अनुसार नेपाल सरकारको रु एक करोड ६५ लाख ६८ हजार ८७७ रुपैयाको लागतमा एक तले पक्की विद्यालय भवन निर्माण शुरु गरिएको छ । भवन शिलान्यासका क्रममा मन्त्री कार्कीले भवन निर्माणको काम गुणस्तरीयसंगै समयमै पूरा हुने कुरामा आफू विश्वस्त रहेको विचार व्यक्त गर्नुभयो ।

गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष वेनु शिवाकोटी, कमल २ का वडाध्यक्ष तारानाथ न्यौपाने, वडा नं १ का वडाध्यक्ष केदार कट्वाल, वडा नं ४ का वडाध्यक्ष प्रेमबहादुर राई, कमल गाउँपालिका शिक्षा समितिका सदस्य राजनबहादुर ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।