नायिका तथा निर्मात्री केकी अधिकारीको रिपोर्ट पहिले पोजेटिभ र पछि नेगेटिभ देखिएको छ। पहिले पोजेटिभ र पछि नेगेटिभ रिपोर्ट आएपछि असमन्जस्यताका बीच केकी होम आइसोलेसनमा बसेकी छिन्।

‘केही दिनअघिको हावापानी र वर्षापछि मलाई रुघाले समात्यो अनि २ रातलगातार ज्वरो पनि देखिए पछि मैले स्वाब परीक्षण गराएँ। जसमा मलाई कोरोना पोजिटिभ देखियो। चिकित्सकको सल्लाहअनुसार आफूलाई अलग्गै राखें र तीन दिनपछि पुनः परीक्षण गराउँदा नतिजा नेगेटिभ देखियो’, केकीले सामाजिक सञ्जालमार्फत प्रस्ट पारेकी छिन्– ‘रिपोर्ट नेगेटिभ नै देखिए पनि मैले हाललाई आफूलाई आइसोलेट गरेकी छु।’

केकीले सुझाएकी छिन्– ‘हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वाथ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाई पनि जोगाउनुहोस्।’ पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर अकस्मात् बढ्न पुगेको छ।