काठमाडौं । गत बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएदेखि घरमै आइसोलेशनमा रहेका वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिन थालेपछि कलाकार श्रेष्ठ तीन दिनअघि ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएका हुन् । उनीसँगै कोरोना संक्रमित भएका परिवारका अन्य ५ जना सदस्य भने घरमै आइसोलेशनमा रहेका छन् ।