एजेन्सी । अश्लिल फिल्म मामिलामा राज कुन्द्रा पक्राउ परेपछि उनको विषयमा विभिन्न शंकास्पद जानकारी बाहिरिएका छन् ।

मुम्बई प्रहरीको अपराध शाखाले राज पछिल्लो केही महिनायता पक्राउ परेका ११ अभियुक्तहरूको मुख्य योजनाकार भएको दाबी गरेको छ ।

प्रहरीले गरेको पछिल्लो खुलासाअनुसार राजले युवतीहरूलाई वेभ सिरिजमा खेलाउने प्रलोभन देखाएर पोनोग्राफी संलग्न गराउँथे ।

प्रहरीको एक रिपोर्टका अनुसार राजले अन्य चार एप्स चलाउने गरेको खुलेको छ । उनले एप्पल र गुगल प्ले स्टोरबाट ह्वाट्सएप हटाएपछि अन्य एप्स सेट गरेको देखिएको छ ।

पोर्न फिल्मबाट राजले दैनिक १० लाख (भारतीय रुपियाँ) कमाउने गरेको पनि खुलासा भएको छ । प्रहरीले राजको कम्पनीमा एक दिनमा ५० हजारदेखि १० लाखसम्म कमाई हुने गरेको थियो ।