धरान । प्रथम वाईवाई मिस धरान आईकन २०२२ को उपाधि आस्माया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टले शुक्रबार आयोजना गरेको यो सौन्दर्य प्रतियोगितामा प्रमुख निर्णायक शिवराज श्रेष्ठले सोधेको प्रश्न ‘तपाईँ यो धर्तीमा किन जन्मिनु भयो जस्तो लाग्छ ?’ को उत्कृष्ट जवाफ दिएकी आस्मायाले उपाधिसँगै नगद ५० हजार र ताज जितिन् ।

 

त्यस्तै, प्रजना राई फस्टरनरअप बनेर नगद ३० हजारसहित ताज जितिन् भने श्वेता पोखरेलले सेकेन्ड रनर अप बनेर नगद २० हजारसहित ताज जितिन् । त्यस्तै निवा लिम्बुले मिस पर्सनालिटी, श्वेता पोखरेलले मिस वेष्ट वाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठले मिस फोटोजेनिक, सेली श्रेष्ठले मिस मल्टिमिडिया, रोजनी लिम्बुले भ्युवर्स च्वाईस, जेनिसा श्रेष्ठले मिस डिसिप्लिन, विपिका लिम्बुले मिस कल्चरल ड्रेस र सृष्टि लामाले मिस चार्मिङ सब टाइटल जिते ।

 

कोरियोग्राफर प्रजिता तामाङको कोरियोग्राफीमा मञ्चमा उत्रिएका १८ प्रतिस्पर्धीलाई मुख्य निर्णायक श्रेष्ठसहित निर्णायकहरु अभिनेता गजित विष्ट, अयुव केसी, सानुबाबा सुब्बा, गायक एपी शेर्पा, सुमन श्रेष्ठ, पत्रकार गोपाल दाहाल, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, मिस टुरिजम नेपाल २०१५ चन्द्रिका मोते, मिस पूर्वाञ्चल २०१७ की फस्टरनरअप सिमरन श्रेष्ठ, मोटिभेसनल स्पिकर सुरेश राई, पाथीभरा जब लिङ्कका सञ्चालक पवन अधिकारी र रङ्गकर्मी नवीन मेन्याङ्वोले उत्कृष्ट १८ बाट उत्कृष्ट १२, उत्कृष्ट ५ हुँदै विजेता छनोट गरेका थिए ।

 

सहारा इन्टरटेन्मेन्टको व्यवस्थापनमा सदनसभा हलमा भएको कार्यक्रममा गायिका सरला श्रेष्ठ, सुमन श्रेष्ठ लगायतले गीत प्रस्तुत गरेका थिए ।