लिलक सिटौला,
इलामको हावापानीसँगै अविरल बग्ने माइखोलालगायतका नदीको संगमले यहाँका मानिस निकै उत्साहित थिए । सबै कुरा हुन वास्तवमा राम्रो वातावरण नै आवश्यक पर्दोरहेछ । हुन त इलाममा अहिले पनि के कमी छ र ? सबै किसिमका पूर्वाधारहरुको निर्माण भइरहेका छन् । जेहोस्, मलाई इलाम मन परेको ठाउँ हो ।

 

शनिबारको भोगाई मैले आइतबारै भाइ रमेश समदर्शीलाई बुझाइसकेको थिएँ । किन भने मैले सोमबार काठमाडौँ जाने निर्णय गरेँ । सामाजिक दुर्गन्धबाट म अलिक टाढा बस्ने मान्छे भएको कारण लेख लेख्न मन लागेको थिएन । तर, मेरो सम्पादक भाइ रमेशले मलाई सोम भाइ अर्थात् सोम रिजालको दोकान अगाडि बसेको बेला हैट ! दाइ, गएर तुरुन्त लेख्नुहोस् भनेपछि मभित्र एक प्रकारको सञ्चार भयो अनि जुरुक्क उठेर लेख्न थालेँ । मन खल्बलिएको बेला कोही एउटा साथीले उर्जा दियो भने मान्छे बन्दोरहेछ, जय होस् समदर्शीको ।

 

मेरो घर भने पनि पार्टी अफिस भने पनि सोम भाइको दोकान अगाडि एउटा कुर्सी दिन्छन्, त्यही बस्छु । भेट्नेले त्यही भेट्छन्, नभेट्ने जति ज्येष्ठ चौतारीतिर । मैले पनि ६० वर्ष नाघेको छु । त्यहाँ बसेर सदस्यता लिँदा हुने थियो । तर, मेरो मनले त्यहाँ बस्न मानेन । किन भने सबै बुढाबुढी बस्ने स्थानमा युवायुवतीको घुइँचो लाग्छ ।

 

सोमबार काठमाडौँ जाने तर्खर भो । मेरी श्रीमती अनिताले पनि जानु न भनिन् । रुपैयाँ-पैसाको कुरा पनि आउँछ । मसँग के हुन्छ र । मैले महेश पौडेललाई भने मेरो बानी बिग्रिएको छ, तिम्रो गाडी चाहियो, के गर्दैछौं भन्दा उसले सहुलियतमा दाइलाई लान्छु भन्यो । भाइले पाँच दिनको झापा-काठमाडौँको भाडा सस्तो लिएको मैले अनुभव गरेँ । काठमाडौँ पुग्न अहिले कतिबेर पनि लाग्दैन, चतराबाट चलेपछि केही घण्टामै भिमान पुगिन्छ । झण्डै सिन्धुली जिल्लाको सेरोफेरो हामी ३ बजे नै काठमाडौँको बाटोमा सरर…। वास्तवमा हामी गाउँ नगरबासीहरुलाई राजधानी त्यसै मन परेको हुन्छ ।

 

भोलिपल्ट बसन्त भट्टराई र म अनि मेरो भाइ महेशशेखर कोइराला, विश्वप्रकाश शर्मा, गगन थापा, भिष्म आङदेम्बेलगायतका नेताहरुलाई समानुपातिकमा मेरो पनि नाम आएको छ, पारिदिनु पर्यो भनेर धनराज गुरुङदेखि अरु सँग सँगै पुगेका थियौँ । बेलुका आफ्नो बास बस्ने स्थानमा आउँदा दिक्क लाग्यो । पार्टी अब सकेछन् जस्तो लाग्यो, त्यही दिन केशव विष्ट छोरीज्वाइँले खाना खान बोलाउनु भएको थियो । म र बसन्त भट्टराई गएका थियौँ । अलि अलि दारु पनि खाइयो ।

 

पार्टी समाप्त भएको घोषण मैले २०३० सालमा हाइजेकिङ गर्ने दाइलाई राखे । वहाँले पनि सहमति जनाउनुभयो । हामीमात्र होइनौँ, समानुपातिकमा नाम जानेहरु देशभरिबाट सबै नेताहरुको घरदैलामा बिहानदेखि भेट्न गएको मैले पाएँ । अनि देखेँ पनि । भगवानहरुको दर्शन गएको जस्तै, मन्दिरमा शक्ति मागेजस्तै । कार्यकर्ताहरुको दोहन, नेता हुने भैगए, नहुने नेता हुने चक्करमा हामीभन्दा सिनियर नेताहरुको पनि मैले हविगत देखेँ यसपालि । हामीभन्दा जुनियर जो नेता भएका छन्, तिनीहरुको रवाफ पनि बुझेँ, दुःख लाग्यो । नेताको घरैपिच्छे बिहानै उठेर आफ्नो भिख माग्ने चलन भएछ । गणतन्त्र नेपालमा मलाई असहज भएजस्तै लाग्यो, मरिहत्ते छ । साथीहरुलाई पद र प्रतिष्ठा पाउनका लागि । त्यो पनि होइन, त्यहाँ पुगेपछि सबै कुरा गर्नु, जगतको पक्षमा… ‘गइल भैँस पानीमे…।’

 

हामी कांग्रेसमा दुःख गरेका मानिसहरुलाई खेद्ने चलन आएको देखेर मलाई एउटा कुराको याद आयो । ‘चल उड्जा रे पंक्षी, अब ये देश हुवा बेगना… जिस डालेमे तेरा बचेरा था, वो डाला तेरा टुटगए, चल उड्जा रे पंक्षी अब ये देश हुवा बेगना…।’

 

मैले बुझ्दा ७५ वटा जिल्ला थियो । गिरिजाबाबुले सबै जिल्लाका सभापतिहरुलाई बोलाएर जिल्लाको राय बुझ्नु हुन्थ्यो, अनि निर्णय गर्नुहुन्थ्यो । धेरै राम्रो चलेको थियो, देश र पार्टीका कामहरु । सबै जनता, नेता कार्यकर्ताहरु र म नि तयार हुन्थे । अहिलेको दृश्य हेर्दा ‘लाटो देशमा गाडुँ तन्नेरी’ भनेजस्तो लाग्छ । यसको परिणाम के हुन्छ पार्टीले सबै कुराहरु पक्ष विपक्ष नहेरी मिलाएर लगे नेपाली कांग्रेस पार्टी बाँच्छ, नत्र दुर्भाग्य हुनेछ । हामीले दुःख गरेर ल्याएको व्यवस्था अहिलेका ठेट्नाहरुले सक्ला जस्तो लागेको छ । त्यो नहोस्, भगवान श्री पशुपतिनाथले कांग्रेसको कल्याण गरुन् भन्दै अर्को अंकमा फेरि इलामको कथा लेख्ने बाचा गर्दछु ।