बिर्तामोड । झापामा लामो समय सांगीतिक क्षेत्रमा योगदान दिएका फुर्वा योञ्जनको आज दिउँसो निधन भएको छ । विगत तीन वर्षदेखि थला परेका ६२ वर्षीय योञ्जनको आज दिउँसो साढे ३ बजेतिर निधन भएको साहित्य चौतारीका संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

 

उनलाई दुवै मिर्गौलाको समस्या रहेको थियो । बिर्तामोड ४ मा बस्दै आएका वरिष्ठ बाद्यवादक योञ्जनलाई बचाउन झापाका साहित्यकार, कलाकार, संगीतप्रेमीहरुले पहल गरेका थिए । योञ्जन साहित्य चौतारी बिर्तामोडद्वारा २०५९ सालमा सम्मानित भएका थिए ।

 

भारत दार्जिलिङ निवासी फुर्वा योञ्जनले २०३९ सालदेखि झापालाई कर्मथलो बनाएर नेपाली संगीतको क्षेत्रमा योगदान दिँदै आएका थिए ।