खाम्लालुङ (तेह्रथुम) । यहाँ जारी गजेन्द्र इस्वो स्मृति रनिङ कप २०७९ तथा मेलामा शनिबार भएको सांस्कृतिक नृत्यतर्फ फेदापको जुरे बोर्डिङ स्कुल प्रथम भएको छ । उसले नगद १५ हजार पाएको छ ।

 

यस्तै, खाम्लालुङको महेन्द्र माध्यमिक विद्यालयले दोस्रो हुँदै नगद १० हजार पाउन सफल भयो भने इवाको इङनाम इवाहाङ सांस्कृतिक टोली तेस्रो भएर नगद ५ हजार पाउन सफल भयो ।

 

आठराई गाउँपालिका २ खाम्लालुङस्थित कालिका आधारभूत विद्यालयको खेलमैदानमा भएको प्रतियोगिताको प्रमुख अतिथि जिल्ला समन्वय समिति तेह्रथुमका सभापति रमेश इस्वो, आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमलगायतले पुरस्कार प्रदान गरेका थिए ।