झापा । उच्च अदालत पोखराले कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध अभियोगमा दाबी नपुग्ने फैसला गरेको छ । जबर्जस्ती करणी अभियोगमा शाहलाई सफाइ दिने फैसला गरेको हो ।

 

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहविरुद्धको जबर्जस्ती करणी अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो । यो आदेशसँगै शाह थुनामुक्त हुने भएका छन् ।

 

सोमबार पल शाह रिहा हुने जनाइएको छ । बाल यौन दुरुपयोगको मुद्दामा अभिनेता पल शाहले सजाय काटिरहेका थिए । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए ।

 

पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।