बिर्तामोड । एसईई परीक्षामा झापाका १२ जना विद्यार्थीले ३.९५ देखि ४ जीपीए ल्याएका छन् । त्यसमध्ये दुई जनाले शतप्रतिशत अंक अर्थात ४ जीपीए ल्याएका छन् ।

 

एभरेष्ट बोर्डिङ स्कूल दमकका विवेक थापा र इमिनेन्ट कंचनजंघा इङ्लिस बोर्डिङ स्कूल गौरादहका धनबहादुर थापाले ४ जीपीए ल्याएका हुन् ।

 

त्यस्तै झापाका तीन जना विद्यार्थीहरुले ३.९६ जीपीए ल्याएका छन् । प्राविधिक धारतर्फ ३.९६ जीपीए ल्याउनेहरुमा पशुपति माध्यमिक विद्यालय बाह्रदशी ३ राजगढका दुई जना रहेका छन् । त्यस विद्यालयबाट यमन दाहाल र सुरक्षा भट्टराईले सो अंक ल्याएका हुन् । त्यस्तै आदर्श विद्या मन्दिर कन्काई ९ घैलाडुब्बाकी अंकिता दवाडीले पनि ३.९६ जीपीए ल्याएकी छन् ।

 

यसैगरी, ३.९५ जीपीए ल्याउने ७ जना विद्यार्थी रहेका छन् । प्रज्ञा एकाडेमी भद्रपुरका विजय पाण्डे, विराटज्योति इङिलस स्कूल बिर्तामोडका भावना कार्की र डालिया पाठक, एमिनेन्ट कंचनजंघा इङ्लििस बोर्डिङ स्कूल गौरादहका अंकिता चौलागाँई र अनमोल शर्मा, बाल्मिकि एजुकेशन फाउन्डेसन बिर्तामोडकी योगिता निरौला र युनाइटेड इङिलस मेडियम सेकेन्डरी स्कूल बाहुनडाँगीकी दक्षिणा धमला विश्वकर्माले ३.९५ जीपीए ल्याएका हुन् ।

 

झापामा एसईई परीक्षामा सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थी ७१९ जना रहेका छन् । जुन कुल विद्यार्थीको ४.६९ प्रतिशत हो ।

 

झापामा गत वर्षको भन्दा यस वर्षको एसईई परीक्षामा राम्रो नतिजा आएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख राजकुमार विकले बताए ।