भद्रपुरको नालीमा जंगली हात्ती मृत भेटियो

न्यूज सञ्जाल २४ आश्विन २०८०, बुधबार १८:१३

झापा । झापाको भद्रपुरमा आज बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ । भद्रपुर नगरपालिका २ स्थित कमलधाप रामपोखरी सामुदायिक वन कार्यालयनजिकै गहिरो नालीमा डुबेको अवस्थामा हात्ती मृत भेटिएको हो ।   जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका ...

मलद्वार र अन्डरवेयरभित्र ब्राउनसुगर ल्याउने इलाम र बिर्तामोडका युवा पक्राउ

न्यूज सञ्जाल २३ आश्विन २०८०, मंगलवार २१:२९

झापा । झापाको भद्रपुर र मेचीनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । झापा जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा इलाम र झापा बिर्तामोडका युवा छन् ।   प्रहरीका अनुसार भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट ब्राउन ...

सिक्किम बाढीमा हराएका इलामका ५ जनाको खोजी गर्न पत्राचार

न्यूज सञ्जाल २३ आश्विन २०८०, मंगलवार २१:११

झापा । सिक्किम बाढीमा हराएका इलामका केही श्रमिकमध्ये पाँच श्रमिक खोजीका लागि प्रशासनले पहल सुरु गरेको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सिक्किम पहिरोमा हराएकामध्ये पाँच जनाको मात्रै पहिचान भई खोजबिनका लागि सिक्किम सरकारसँग समन्वय भइरहेको जनाएका छन् ...

इटहरीको नहरमा डुबेका अनिसको शव फेला

न्यूज सञ्जाल २१ आश्विन २०८०, आईतवार १७:२२

इटहरी । सशस्त्र प्रहरीको गोताखोर टोलीले इटहरी उपमहानगरपालिका १६ स्थित नहरमा डुबी वेपत्ता भएको एक युवकको शव आइतबार फेला पारेको छ ।   सशस्त्र प्रहरी बल, नेपाल १ बराह बाहिनी पकलीबाट सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर कट्वालको कमाण्डमा खटिएको विपद् व्यवस्थापनसहितको ...

दमकको चियादोकान छेउ खोल्सामा भेटियो बेवारिसे शव

न्यूज सञ्जाल २० आश्विन २०८०, शनिबार १७:५७

झापा । झापाको दमक ९ स्थित चियादोकान क्षेत्रको पश्चिम खोल्सामा तैरिरहेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।   अन्दाजी ३५ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो । केही दिनअघि नै मृत्यु भएको हुनसक्ने जनजाति समुदायको ...

अनलाइन सट्टेबाजीमा संलग्न दमकका पिन्टु साह पक्राउ

न्यूज सञ्जाल १९ आश्विन २०८०, शुक्रबार १८:३१

दमक । अनलाइन सट्टेबाजी (बेटिङ) संलग्न दमक १२ का ३० वर्षीय पिन्टुकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । बेटिङमार्फत २४ करोड रुपैयाँबराबरको कारोबार गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार साहलाई दमकबाटै पक्राउ गरेको हो ।   कार्यालयका प्रवक्ता ...

राष्ट्रिय रमणीय माविका प्रधानाध्यापकमाथि कुटपिट

न्यूज सञ्जाल १९ आश्विन २०८०, शुक्रबार १७:५५

विनोद सापकोटा, झिलझिले । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा रहेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटिएका छन् ।   विद्यालयको लेखा शाखामा रहेका प्रधानाध्यापक लालमणी सुवेदीलाई सोही विद्यालयमा यसअघि कार्यरत शिक्षक गणेश भण्डारीले थप्पड हानेका हुन् । ...

विराटनगरमा ‘ग्याङ फाइट’ गर्न हिँडेका १५ जना पक्राउ

न्यूज सञ्जाल १९ आश्विन २०८०, शुक्रबार १७:०१

विराटनगर । 'ग्याङ फाइट' गर्न भन्दै हिँडेका युवाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर ९ घोघापुल चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले १५ जनाको समूहलाई शुक्रबार दिउँसो तरबारसहित पक्राउ गरेको हो ।   जिल्ला ...

झापामा अरिंगालले टोकेर महिलाको मृत्यु, दुई जना घाइते

न्यूज सञ्जाल १९ आश्विन २०८०, शुक्रबार १५:५९

झापा । अरिंगालले टोकेर झापाको बाह्रदशी ५ मा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । अरिंगालले टोकेर बाह्रदशी ५ नवकिरण टोलकी करिब ६० वर्षिया रामप्यारी भुर्तेलको मृत्यु भएको हो ।   हिजो साँझ ५ बजे ...

दमककाे पाउरोटी उद्याेगमा दुर्गन्ध भेटिएपछि उत्पादनमा रोक

न्यूज सञ्जाल १९ आश्विन २०८०, शुक्रबार ०७:५२

दमक । झापाको दमक नगरपालिकाले बजार अनुगमनको क्रममा अनुगमन गर्दा मापदण्ड पूरा नगरी र फोहोरमैलायुक्त रूपमा पाउरोटीलगायतका विभिन्न बिस्कुटहरू उत्पादन गर्दैआएको न्यू हिमालय पाउरोटी उद्योगको उत्पादनमा रोक लगाएको छ ।   मापदण्ड पूरा गरेर मात्र उत्पादन गर्नेगरी रोक लगाइएको नगरपालिकाले ...

1 135 136 137 138 139 741
×