हेर्दा हेर्दै बिरिङ खोलाको पुल भासियो (भिडियाेसहित)

न्यूज सञ्जाल २८ श्रावण २०८०, आईतवार १९:१४

झापा । झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल वर्षाका कारण भासिएको छ । आज बिहानैदेखि अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढीका कारण पुल भासिएको हो।   पुल भासिएपछि बिर्तामोडहुँदै शनिश्चरे-खुदुनाबारी र इलामको दक्षिणी पालिका माइ जोड्ने सडक अवरुद्ध ...

दमकबाट ब्राउन सुगरसहित पुजन र सचिन पक्राउ

न्यूज सञ्जाल २८ श्रावण २०८०, आईतवार ०९:२४

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले झापाको दमकबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद र मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो (शनिबार) राति अन्दाजी ९ः३० बजे दमक ...

रुख काट्ने सतासीधाम वनका अध्यक्षसहित ४ जना पक्राउ

न्यूज सञ्जाल २८ श्रावण २०८०, आईतवार ०७:५९

बिर्तामोड । सामुदायिक वनका पदाधिकारीले काँचा रुख कटान गरी गैर उपभोक्तालाई विक्री गरेको आरोपमा डिभिजन वन कार्यालय इलामले सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित चार जना पक्राउ गरेको छ । डिभिजन वन कार्यालय इलामले कोष हिनामिना र रुख कटान गरेको ...

रेशिकाको हत्या आरोपमा श्रीमान राजकुमार पक्राउ

न्यूज सञ्जाल २८ श्रावण २०८०, आईतवार ०७:२९

संक्रान्ति । श्रीमती हत्या आरोपमा आठराई गाउँपालिका १ डाँडागाउँका राजकुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् । २६ वर्षीया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न ४ बजे पक्राउ गरेको हो ।   काँकडभिट्टाको ...

संखुवासभाः कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी

न्यूज सञ्जाल २७ श्रावण २०८०, शनिबार १७:४९

संखुवासभा । मृतकका आफन्तले जिल्ला कारागारमा भएको दुई कैदी मृत्यु प्रकरणमा कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।   जिल्ला कारागारका निमत्ति प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीलगायतविरूद्ध पीडितका आफन्तले जिल्ला प्रहरी ...

फिदिमकी ६५ वर्षीया बृद्धाको स्कुटर दुर्घटनामा मृत्यु

न्यूज सञ्जाल २७ श्रावण २०८०, शनिबार १७:३६

पाँचथर । फिदिम फालौट सडकखण्ड अन्तरगत पाँचथरको फिदिम नगरपालिका ११ अम्बके भीरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा फिदिम नगरपालिका १ की ६५ वर्षीया मायादेवी कार्कीको मृत्यु भएको हो ।   जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना ...

बेपत्ता रेशिकाको शव गाडिएको अवस्थामा फेला

न्यूज सञ्जाल २७ श्रावण २०८०, शनिबार १७:२९

तेह्रथुम, (संक्रान्ति) । तेह्रथुमको आठराई गाउँपालिका १ सङ्क्रान्ति बजारमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । दुई साता अघिदेखि बेपत्ता भएकी स्थानीय रेशिका श्रेष्ठको शव फेला परेको हो ।   गएको साउन १४ गते २४ वर्षीया रेशिका घरबाट ...

कैदीबन्दी मृत्यु प्रकरणमा १० प्रहरी अनुसन्धानमा तानिए

न्यूज सञ्जाल २६ श्रावण २०८०, शुक्रबार १७:०७

संखुवासभा । जिल्ला कारागार संखुवासभामा कुटपिटबाट दुई जना कैदीको मृत्यु भएको घटनामा प्रहरीले १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसनधान सुरु गरेको छ । घटनापछि प्रहरीले ९ जना कैदीलाई बुधबार पक्राउ गरिसकेको थियो ।   कारागारमा कार्यरत प्रहरी र कैदीबन्दी १९ ...

झापाकाे मेचीनगर र दमकबाट ब्राउन सुगरसहित २ जोडी पक्राउ

न्यूज सञ्जाल २६ श्रावण २०८०, शुक्रबार ०८:३५

झापा । झापाको मेचीनगर नगरपालिका ६ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु श्रीमानश्रीमती रहेका छन् ।   हिजो (बिहीबार) दिउँसो साढे ३ बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट ...

दमकमा विपन्नलाई डेंगु जाँच र उपचार निःशुल्क

न्यूज सञ्जाल २६ श्रावण २०८०, शुक्रबार ०७:५४

दमक । झापाको दमक नगरपालिकामा आर्थिक अवस्था कमजोर भएकाहरुका लागि डेंगुको सङ्क्रमण जाँच निःशुल्क व्यवस्था गरिएको दमक नगरपालिकाले जनाएको छ ।   डेंगु परीक्षणको मापदण्डअनुसार लक्षण देखिएकाको वडा ६ को आधारभूत स्वास्थ्य केन्द्रमा गएर निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको दमक ...

1 … 180 181 182 183 184 … 769
×