रुपरत्न स्कुलमा १२७ जना विद्यार्थीको निःशूल्क दाँत परीक्षण

न्यूज सञ्जाल १७ असार २०८०, आईतवार २०:००

शनिश्चरे । झापाको अर्जुनधारा ७ मा रहेको रुपरत्न मेमोरियल बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीको आइतबार निःशूल्क दाँत परीक्षण शिविर गरिनुका साथै उपचार गराइएको छ ।   अर्जुनधारा ८ शनिश्चरेमा रहेको आरोग्य डेन्टल हेल्थ क्लिनिक र आरोग्य मल्टी स्पेशलिस्ट बिर्तामोडको प्राविधिक सहयोगमा ...

जापानमा मोरङकी कविता मृत भेटिइन्

न्यूज सञ्जाल १७ असार २०८०, आईतवार १९:२५

झापा । जापान अध्ययनका लागि गएर केहि महिना अघिबाट जागिरे जीवन सुरुवात गरेकी एक नेपाली युवती टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् ।   ४ वर्षअघि भाषा विद्यार्थीको रुपमा जापान गएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् । ...

कतारमा गौरीगञ्जका राजवंशीको निधन

न्यूज सञ्जाल १७ असार २०८०, आईतवार ०७:३६

झापा । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका झापाका एक व्यक्तिको निधन भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नम्बर ६ खजुरगाछी गौरीयाडाँगी निवासी जगदिश राजवंशीको निधन भएको हो ।   हिजो बिहान अचानक रिङ्गटा लागेर लडेका राजवंशीको अल्पायुमा निधन भएको गौरीगञ्जका ...

अर्जुनधारामा साल्पा पोखरी र खुवालुङ एकैठाउँ

न्यूज सञ्जाल १६ असार २०८०, शनिबार १९:३१

शनिश्चरे । झापाको अर्जुनधारामा किरात राई जातिको सांस्कृतिक महत्वका तीन चुल्हा, नदी, ढुंगा, पोखरीलगायतका प्रतिकात्मक रुप दिएर उद्यान निर्माण गरिएको छ ।   किरात राई यायोक्खा अर्जुनधाराले ९ नम्बर वडास्थित साकेला थान रहेको स्थानमा उक्त ‘मुन्धुम सांस्कृतिक उद्यान’ निर्माण गरेको ...

झापामा मोटरसाइकलको ठक्करबाट घाइते बृद्धको मृत्यु

न्यूज सञ्जाल १६ असार २०८०, शनिबार १९:००

झापा । झापाको शरणामतीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री बृद्धको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेका छन् ।   जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालका अनुसार ...

बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको मृत्यु

न्यूज सञ्जाल १५ असार २०८०, शुक्रबार २१:१५

झापा । सडक निर्माणको क्रममा करेन्ट लागेर झापाको बिर्तामोडमा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ३ स्थित सैनिक मोड निवासी ४० वर्षीय धनबहादुर राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   प्रहरीका अनुसार ...

आज र भोलि देशभर झरी पर्ने सम्भावना, बाढीपहिरोको जोखिम

न्यूज सञ्जाल १५ असार २०८०, शुक्रबार ०८:०२

झापा । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद्ले जानकारी दिएका छन् । केही ठाउँमा ठूलो वर्षासमेत भएको छ ।   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको ...

आज असार १५ दही च्यूरा खाने पर्व

न्यूज सञ्जाल १५ असार २०८०, शुक्रबार ०७:४९

झापा । आज असारको पन्ध्र अर्थात् राष्ट्रिय धान दिवस। नेपालमा विविध कार्यक्रमका साथ औपचारिक रुपमा २०औँ धान दिवस पनि मनाइँदै छ। २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।   कृषि ...

धरानमा डेंगी संक्रमणबाट दुई महिलाको मृत्यु

न्यूज सञ्जाल १४ असार २०८०, बिहीबार २०:१९

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । धरान १७ का दुई महिलाको मृत्यु भएको उपमहानगरका वरिष्ठ कविराज रामबाबु यादवले जानकारी दिए ।   उनका अनुसार संक्रमितमध्ये एकजनाको १२ दिनअघि र एकजनाको बुधबार (हिजो) ...

बिर्तामोड नगर अस्पताल जाने बाटो अलपत्र पार्ने ठेकेदारमाथि कार्वाही

न्यूज सञ्जाल १४ असार २०८०, बिहीबार ०७:४६

बिर्तामोड । बिर्तामोड नगर अस्पताल जाने सडक समयमै पूरा नगरी अलपत्र पारेर छोड्ने ठेकेदारमाथि बिर्तामोड नगरपालिकाले कार्वाही प्रक्रिया शुरु गरेको छ ।   सो सडकमा प्लम र कालोपत्रे निर्माण गर्ने ठेक्का ओमसाई निर्माण सेवाका प्रोप्राइटर हिमाल सिटौलाले लिएका थिए । ...

1 … 195 196 197 198 199 … 769
×