ताप्लेजुङमा तेस्रो पटक हिमपात, जनजीवन प्रभावित

न्यूज सञ्जाल ६ माघ २०७८, बिहीबार १८:५१

ताप्लेजुङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका ७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरुमा बुधबार रातिदेखि बाक्लो हिमपात भएको हो ।   हिमपातका कारणले अत्यधिक ...

दमकका युवा बहुविवाह मुद्दामा ६ वर्षपछि पक्राउ

न्यूज सञ्जाल ६ माघ २०७८, बिहीबार १८:४२

झापा । झापामा ६ वर्षदेखि बहुविवाह मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश १ प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार सुनसरीको धरानबाट झापा दमकका ३३ वर्षीय सुनील माझीलाई पक्राउ गरेको हो ।   ...

झापामा प्रशासनले लगायो सभा समारोह गर्न बन्देज

न्यूज सञ्जाल ६ माघ २०७८, बिहीबार १८:१०

झापा । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय झापाले आज (बिहीबार) मध्य रातिदेखि लागु हुनेगरी कुनै पनि प्रकारको सभा समारोह, आमसभा, जुलुस, भेला गर्न माघ मसान्तसम्म रोक लगाएको छ ।   विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को ...

पाँचथरको पहिरोमा ज्यान गुमाएका २९ जनाको परिवारलाई राहत

न्यूज सञ्जाल ६ माघ २०७८, बिहीबार ०९:०८

पाँचथर । कात्तिकको पहिलो सातामा गएको बाढीपहिरोमा ज्यान गुमाएका पाँचथरका २९ जनाको परिवारलाई संघीय सरकारले राहत स्वरुप ४९ लाख रुपैयाँ उपलब्ध गराएको छ ।   सरकारले जिल्ला प्रशासन कार्यालय पाँचथरमार्फत् ती परिवारलाई एकमुष्ट राहत रकम उपलब्ध गराएको हो । पहिरोमा ...

पृथ्वीनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

न्यूज सञ्जाल ६ माघ २०७८, बिहीबार ०८:५१

झापा । भद्रपुर १ स्थित पृथ्वीनगरको हिमाली चोकबाट बिहीबार ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।   सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पृथ्वीनगरका सशस्त्र प्रहरी निरीक्षक अशोक न्यौपानेको नेतृत्वमा खटिएको टोलीले भद्रपुर १ हिमाली बस्ने १६ वर्षीय सञ्जीव ...

ताप्लेजुङमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

न्यूज सञ्जाल ६ माघ २०७८, बिहीबार ०८:४१

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतमा चालू अवस्थामा रहेका मुद्दामध्ये ३६ प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेको पाइएको छ। कूल देवानी मुद्दामध्ये सम्बन्ध विच्छेदका मुद्दा ५२ प्रतिशत बढी रहेका छन्।   जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार ताप्लेजुङ जिल्ला अदालतमा पुस ...

नगरकाे स्वस्थ समाज निर्माणमा अर्जुनधाराको आयुर्वेद औषाधलय

न्यूज सञ्जाल ५ माघ २०७८, बुधबार १९:४४

अर्जुनधारा । स्वस्थ समाज निर्माण गर्न अभियान सञ्चालन गर्ने उद्देश्यले झापाको अर्जुनधारा १ मा बुधबार वडास्तरीय आरोग्य समूह गठन भएको छ ।   अर्जुनधारा नगरपालिका अन्तर्गत शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा आयोजित नागरिक आरोग्य कार्यक्रमबाट वडाध्यक्ष गजाधर खतिवडाको संयोजकत्वमा १५ सदस्यीय ...

आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य

न्यूज सञ्जाल ५ माघ २०७८, बुधबार १९:१०

काठमाडौं । आन्तरिक हवाई उडानमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघले ओमिक्रोन नियन्त्रणका लागि निर्देशिका जारी गर्दै उडानका लागि खोप कार्ड अनिवार्य गरेको जनाएको हो ।   यात्रु स्वास्थ्य सुरक्षासँगै सेवालाई सहज गर्न यस्तो व्यवस्था ...

अर्जुनधारामा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु

न्यूज सञ्जाल ५ माघ २०७८, बुधबार १७:४६

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ ।   प्र-१-०२-००३ त २१०९ नम्बरको ट्रयाक्टरमा सवार अर्जुनधारा १ बस्ने १४ वर्षीय पुनित दासको ट्रयाक्टरबाट खस्दा पछाडिको ट्रलीको दाहिने पट्टिको टायरले छातीमा किच्दा घटनास्थलमै मृत्यु भएको हो ...

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक !

न्यूज सञ्जाल ५ माघ २०७८, बुधबार ०८:४०

काठमाडौँ । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो ।   कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका ...

1 … 330 331 332 333 334 … 769
×