अङ्ग्रेजी नयाँ वर्ष २०२२ सुरु

न्यूज सञ्जाल १७ पुष २०७८, शनिबार ०८:३५

झापा । अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आजदेखि सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्को) सुरुवात भएको भनाइ रहेको छ ।   पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले ...

इलाम र तेह्रथुममा हिउँ खेल्न जाने पर्यटकको घुइँचो

न्यूज सञ्जाल १६ पुष २०७८, शुक्रबार १७:२१

इलाम, तेह्रथुम । इलाम र तेह्रथुममा यति बेला हिउँ खेल्न जाने पर्यटकको घुइँचो लागेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भए पनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो ।   वर्षापछि खुलेको मौसममा इलामको पाटेनागीमा ...

अर्जुनधाराको गायत्री मन्दिरमा श्रीब्रम्ह् महापुराण शुरु

न्यूज सञ्जाल १६ पुष २०७८, शुक्रबार ०८:२२

अर्जुनधारा । झापाको अर्जुनधारा १ स्थित आदिशक्ति गायत्री मन्दिरको २८औं वार्षिकोत्सवको अवसरमा बिहीबारदेखि श्रीब्रम्ह् महापुराण एवम् विराट धनधान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको छ ।   पुस २२ गतेसम्म सञ्चालन हुने महायज्ञको प्रमुख अतिथि बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले उद्घाटन ...

दमकमा ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

न्यूज सञ्जाल १६ पुष २०७८, शुक्रबार ०८:११

झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।   बिहीबार दिउँसो १ बजे दमक ९ बाट भारत विहार राज्य किशनगंज जिल्ला नबाबगंज ५ लोहारपट्टी रोड घर भई हाल दमक ४ मा डेरा गरी बस्ने ...

इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात

न्यूज सञ्जाल १५ पुष २०७८, बिहीबार ०८:४८

इलाम । जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा बुधबार बिहानैदेखि हिमपात सुरु भएको थियो । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात हुँदा जिल्लाका अन्य स्थानमा वर्षा भएको थियो ।     सन्दकपुर ...

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ मनाउँदै

न्यूज सञ्जाल १५ पुष २०७८, बिहीबार ०८:३९

झापा । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।   ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ...

कटुवाल दम्पतीले बनाइदिए प्रहरी कार्यालयमा प्रतिक्षालय

न्यूज सञ्जाल १५ पुष २०७८, बिहीबार ०८:२७

दमक । झापाको गौरादहस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा आगन्तुक प्रतिक्षालय निर्माण गरिएको छ ।   स्थानीय समाजसेवी कर्णबहादुर कटुवाल र सुष्मा कटुवालले आफ्ना स्वर्गीय पितृहरुको स्मृतिमा प्रतिक्षालय निर्माण गरिदिएका हुन् । समाजसेवी कटुवालले आफ्ना स्व. बुबा खड्गबहादुर र स्व.आमा बालुकादेवी ...

झापाको शिवसताक्षीबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

न्यूज सञ्जाल १४ पुष २०७८, बुधबार १८:०२

झिलझिले । लागुऔषध ब्राउनसुगर झापाको शिवसताक्षी नगरपालिका क्षेत्रबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले मंगलबार राति साडे ६ बजेको समयमा शिवसताक्षी नगरपालिका ११ बाट ३ जनालाई नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित पक्राउ ...

पाँचथर ताङ्लेपामा तीन घर जल्दा ५० लाखको क्षति

न्यूज सञ्जाल १४ पुष २०७८, बुधबार १७:२९

फिदिम । पाँचथरको फालेलुङ गाँउपालिका ३ ताङ्लेपामा आगलागी भएको छ । आगलागीबाट ३ घर जलेर नष्ट भएका छन् ।   मंगलबार राति भएको आगलागीबाट स्थानीय पूर्णबहादुर केरुङको काठ र ढुंगामाटोले बनेका तीन घर जलेका हुन् । घरमा रहेका लत्ताकपडा, खाद्यान्न ...

झापामा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

न्यूज सञ्जाल १४ पुष २०७८, बुधबार १७:१४

बिर्तामोड । झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा चितवनको राप्ती ४ निवासी १९ वर्षीय किसन सेन्चुरी, ताप्लेजुङको भुइँखोला ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी ४ निवासी २३ वर्षीय ...

1 … 335 336 337 338 339 … 769
×