झापाबाट नगदसहित ६ जना जुवाडे पक्राउ

न्यूज सञ्जाल ५ मंसिर २०७८, आईतवार १८:५९

बिर्तामोड । झापाको दमक नगरपालिका ४ मा रहेको रातो भाले सेकुवा कर्नर होटलबाट नगदसहित ६ जना जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ति गाउँपालिका ३ का ४५ बर्षीय ...

भारतबाट ४ वर्षीया बालिकासहित ४ जनाको उद्धार

न्यूज सञ्जाल ४ मंसिर २०७८, शनिबार ०८:११

झापा । भारतबाट ४ बालबालिकाको उद्धार गरी काँकडभिट्टा नाकाबाट नेपाल फर्काइएको छ।   भारतको पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरी घर फर्काइएका ४ बालबालिकालाई शुक्रबार आफन्तजनलाई जिम्मा लगाइएको छ। उद्धार गरिएकामा उदयपुर, काठमाडौं, मोरङ र सिन्धुली जिल्लाका २ बालक र ...

ट्याक्टर दुर्घटनामा ताप्लेजुङ र उदयपुरमा तीन जनाको मृत्यु

न्यूज सञ्जाल ३ मंसिर २०७८, शुक्रबार १८:३७

झापा । ताप्लेजुङ र उदयपुरमा भएको छुट्टा छुट्टै दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।     ताप्लेजुङको फुङलिङ नगरपालिका ८ बाहनन्दे मेची लोकमार्गमा झापाबाट ताप्लेजुङतर्फ जाँदै गरेको वानटेस ट्याक्टर आफैँ अनियन्त्रित भइ सडकदेखि अन्दाजी ३० मिटर तल झरी ...

सरकारी छाप कीर्ते गर्ने फरार अर्जुनधाराका एक व्यक्ति १८ वर्षपछि पक्राउ

न्यूज सञ्जाल ३ मंसिर २०७८, शुक्रबार ०७:४०

झापा । सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका ५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।   सरकारी छाप, ...

पहिरोमा ज्यान गुमाएकाका परिवारलाई सहयोग वितरण

न्यूज सञ्जाल २ मंसिर २०७८, बिहीबार ०८:१९

पाँचथर । कात्तिकको पहिलो साता गएको बाढीपहिरोमा परी ज्यान गुमाएका जिल्लाका ३३ जनाका परिवार तथा आफन्तलाई पाँचथर समाज काठमाडौंले आर्थिक सहयोग गरेको छ ।   जिल्लाको मिक्लाजुङ गाउँपालिकाका २४, फाल्गुनन्द गाउँपालिकाका ४, फिदिमका ४ र कुम्मायकका १ गरी ३३ जना ...

जाँड-रक्सीको विज्ञापन गर्ने मिडियालाई कारबाही गरिन्छः अध्यक्ष हुमागाईं

न्यूज सञ्जाल १ मंसिर २०७८, बुधबार १८:११

काठमाण्डौ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी जाँड-रक्सीलगायत वस्तुको विज्ञापन गर्ने सञ्चार माध्यम (मिडिया)हरूलाई कारबाही गरिने बताउनुभएको छ ।   अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यममा रक्सीलगायत वस्तुको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रसारण ...

आजबाट पूर्वाञ्चल दैनिक २७औं वर्षमा

न्यूज सञ्जाल १ मंसिर २०७८, बुधबार ०८:३८

बिर्तामोड । लेटर प्रेसबाट शुरु भएको पूर्वाञ्चल दैनिक पत्रिका प्रकाशनको २७ वर्षमा प्रवेश गरेको छ ।   झापाको बिर्तामोड नगरपालिका–१मा मुख्य कार्यालय रहेको पूर्वाञ्चल श्री अन्तु प्रकाशन प्रालिद्वारा प्रकाशन हुँदै आएको छ । पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २६ ...

इलाममा दाजुको हत्या गर्ने भाइ पक्राउ

न्यूज सञ्जाल ३० कार्तिक २०७८, मंगलवार १७:५०

इलाम । इलामको सन्दकपुर गाउँपालिका १ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् ।   भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना सोमबार साँझ ...

इखावुका १९ वर्षीय सरोज सात महिनादेखि साङ्लोमा

न्यूज सञ्जाल ३० कार्तिक २०७८, मंगलवार १७:४१

ताप्लेजुङ । मानसिक समस्याका कारण घर छोडेर हिँड्न थालेपछि फक्ताङलुङ ४ इखावुका १९ वर्षीय सरोज काम्बाङ लिम्बूलाई घरमै बाँधेर राखिएको छ । समस्या देखिएपछि लिम्बूलाई सात महिनादेखि साङलोले बाँधेर राखिएको परिवारले बताएको छ ।   यसअघि उपचारका लागि झापा, भारतको सिलिगुडीका स्वास्थ्य ...

नेपाल बन्दले झापा जिल्ला प्रभावित

न्यूज सञ्जाल ३० कार्तिक २०७८, मंगलवार १७:२६

झापा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव झापामा पनि परेको छ ।   पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाले आज बन्दको आह्वान गरेको थियो। बन्दका कारण झापाको मुख्य सडकमा यातायात खासै चलेनन् ...

1 … 345 346 347 348 349 … 769
×