इलामको बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा बन्याे

न्यूज सञ्जाल २ आश्विन २०७८, शनिबार १८:२१

इलाम । कन्याम, अन्तुलगायत थुप्रै पर्यटकीय गन्तव्य रहेको इलामको सूर्योदय नगरपालिकामा पर्यटनका लागि नयाँ गन्तव्यको निर्माण भएको छ । सूर्योदय नगरपालिका ३ को बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण भएको छ । भारतीय पर्यटकीय सहर दार्जिलिङ आउने पर्यटकको पहिलो ...

अतिक्रमणले खुम्चियो रतुवामाई

न्यूज सञ्जाल २ आश्विन २०७८, शनिबार १८:०४

झापा । कमल गाउँपालिकास्थित रतुवामाई वृक्षरोपण आयोजना निरन्तर अतिक्रमणका कारण खुम्चिँदै गएको छ । संस्थागत र व्यक्तिगत रूपमा अतिक्रमण तीव्र बनेको आयोजनाले जनाएको छ । २०३३ मा वन तथा भूसंरक्षण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिको गठनपछि आयोजना स्थापना भएको हो । २ हजार ...

विद्युतीय धरापमा परी बर्दियामा तीन जनाको मृत्यु

न्यूज सञ्जाल २ आश्विन २०७८, शनिबार ०९:१८

बर्दिया । बर्दियामा वन्यजन्तुबाट खेतबाली जोगाउन थापिएको विद्युतीय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका ३ गोदानास्थित राजबहादुर शाहीको खेतमा राखिएको विद्युतीय धरापमा परी सोही ठाउँका बालकृष्ण थारु, श्रीमती सुनिता र बालकृष्णकी भाउजू बेलमतियाको मृत्यु ...

रेल रोकिएको रोकियै !

न्यूज सञ्जाल २ आश्विन २०७८, शनिबार ०८:४७

काठमाडौँ । गतवर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजाधुजा भएका छन्। छोपिएको रेल ...

धनकुटामा डेढ करोडको मन्दिर बन्‍ने

न्यूज सञ्जाल २ आश्विन २०७८, शनिबार ०८:१४

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका ६ गुठमा एउटा मन्दिर निर्माणका लागि डेढ करोड रुपैयाँभन्दा बढी खर्चिने भएको छ । मन्दिर निर्माणका लागि नागेश्वर दुग्धनाथ मन्दिरको महालक्ष्मी नगरपालिकाका प्रमुख परशुराम नेपालले शुक्रबार शिलान्यास गरेका छन् । कुल १ करोड ५६ लाख ...

आजदेखि खुल्यो ताप्लेजुङको फुङलिङ बजार

न्यूज सञ्जाल १ आश्विन २०७८, शुक्रबार १९:०७

ताप्लेजुङ । प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङको फुङलिङ बजार दशैं-तिहार जस्ता चाडपर्व नजिकिन थालेपछि आजदेखि खुल्ला गरिएको छ । चाडपर्वको समयमा उपभोक्तालाई सहजता पुर्‍याउने उद्देश्यका साथ आजदेखि बजार खुल्ला गरिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले जनाएको छ । वाणिज्य सङ्घले ...

मेचीनगरको दुई स्थानमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

न्यूज सञ्जाल १ आश्विन २०७८, शुक्रबार १८:४७

झापा । झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तरगत मेचीनगर नगरपालिका १२ स्थित कालीझोडामा को २० प ४ नम्बरको ...

झापाको कमलमा ५०० शय्याको अस्पताल निर्माण गरिँदै

न्यूज सञ्जाल १ आश्विन २०७८, शुक्रबार १८:३१

झापा । झापाको कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल ५ मा भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए । वडा नं ५, पाडाजुँगी चोकबाट ...

अग्निपीडितका लागि २ दिनमा ४ लाख बढी उठ्यो

न्यूज सञ्जाल १ आश्विन २०७८, शुक्रबार १८:०७

शनिश्चरे । एलपी ग्यास चुहावट हुँदा भएको आगजनीमा परी घाइते भएका एक परिवारको स्वास्थ्योपचारका लागि स्थानीयलगायतले आर्थिक सहयोग गरिरहेका छन् । गएको भदौ २६ गते अर्जुनधारा ७ स्थित पुष्पलाल मार्ग निवासी रोमनाथ खनालको घरमा ग्यास चुहावट हुँदा उनीसँगै उनको श्रीमती ...

आजदेखि पाथीभरा दर्शन खुला

न्यूज सञ्जाल १ आश्विन २०७८, शुक्रबार ०८:२५

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड १९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन ...

1 … 365 366 367 368 369 … 769
×