भारत लैजाने क्रममा पशुपतिनगरबाट तीन किशोरीको उद्धार

न्यूज सञ्जाल २३ पुष २०७७, बिहीबार १८:०७

इलाम । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५र१६ वर्षका ती किशोरीलाई गाडीमा ...

भक्का दिवस मनाउने विषयमा विवाद, लाग्यो धक्का !

न्यूज सञ्जाल २३ पुष २०७७, बिहीबार १७:३४

झापा । आदिवासी समुदायको मौलिक परिकार भक्का (भाका) दिवस मनाउने विषयमा राजवंशी जातिमा विवाद भएको छ । विभिन्न जातीय संस्थाहरुले आफूखुशी फरक फरक मितिमा भक्का दिवस नै भनेर मनाउने भएपछि राजवंशी जातिभित्र विवाद भएको हो । कोचिला गाभुर फ्रन्ट नामक ...

अर्जुनधारामा रेविज रोगविरुद्ध खोप सुरु

न्यूज सञ्जाल २३ पुष २०७७, बिहीबार १७:२४

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकालाई रेविज रोगबाट निर्मूल पार्ने उद्देश्यले आज (बिहीबार)देखि रेविज रोग नियन्त्रण कार्यक्रम सुरु भएको छ । नगरपालिकाले घरपालुवा कुकुर तथा बिरालोलाई निःशुल्क रेविज रोगविरुद्धको खोप लगाउने कार्य सुरु गरेको हो । चालु आर्थिक वर्षको लागि स्वीकृत ...

आफ्नो छाडेर भाडाको ट्रायल स्थल खाेज्दै यातायात कार्यालय

न्यूज सञ्जाल २३ पुष २०७७, बिहीबार ०९:२३

बिर्तामोड । यातायात व्यवस्था कार्यालय मेची झापाले निजी क्षेत्रले निर्माण गरेको ट्रायल स्थल छनौट गर्ने प्रक्रिया सुरु गरेको छ । आफ्नै स्वामित्वको प्रयोगात्मक परीक्षा (ट्रायल स्थल) भए पनि आर्थिक प्रलोभनमा परेर प्रदेश १ को भौतिक पूर्वाधार मन्त्रालयले निजी क्षेत्रले निर्माण ...

जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट विपन्न परिवारलाई बनाइदिए पक्की घर

न्यूज सञ्जाल २३ पुष २०७७, बिहीबार ०८:५८

झापा । झापास्थित दमक नगरपालिका ३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो ...

यलम्बर टाइम्सको आफ्नै कार्यालय भवन बन्ने

न्यूज सञ्जाल २२ पुष २०७७, बुधबार १६:५८

शनिश्चरे । झापाको अर्जुनधारा नगर क्षेत्रबाट प्रकाशित हुँदै आएको यलम्बर टाइम्स साप्ताहिक समाचारपत्रको आफ्नै भवन बन्ने भएको छ । यलम्बर टाइम्स १३ वर्ष अघिबाट प्रकाशित हुँदै आएको छ । समावेशी सूचना केन्द्र मातहतबाट प्रकाशित यलम्बर टाइम्स साप्ताहिक र यलम्बर टाइम्स ...

झापाका एसपी र तीन डिएसपीको सरुवा

न्यूज सञ्जाल २२ पुष २०७७, बुधबार १६:३४

झापा । देशभरिका ३० प्रहरी उपरीक्षक (एसपी) र ६९ प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ । यसक्रममा झापाका प्रहरी उपरीक्षकसहित तीन जना प्रहरी नायव उपरीक्षक पनि सरुवामा परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला महानगरीय ...

कचनकवलबाट दुईवटा भरुवा बन्दुकसहित युवक पक्राउ

न्यूज सञ्जाल २२ पुष २०७७, बुधबार १६:२६

भद्रपुर । जंगलमा सिकार खेल्न गएका एक युवक दुईवटा भरूवा बन्दुकसहित पक्राउ परेका छन्। बन्दुकसहित पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ७ खुट्टामारी बस्ने ३२ वर्षीय मनिष माङमु रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार पाण्डेका ...

इलामका ६ हजार भूमिहीनलाई लालपुर्जा वितरण गरिने

न्यूज सञ्जाल २२ पुष २०७७, बुधबार १६:१६

इलाम । इलामको चुरे क्षेत्रका दुई स्थानीय तहमा वर्षौदेखि बसोबास गरिरहेका ६ हजारभन्दा बढी घरपरिवारलाई सरकारले लालपुर्जा प्रदान गर्ने भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न इलामको माई नगरपालिका र माङ्सेबुङ्ग गाउँपालिकामा लालपुर्जा वितरण गर्न लागेको ...

पानी नपर्दा हिउँदे बालीको उत्पादन घट्ने चिन्ता

न्यूज सञ्जाल २१ पुष २०७७, मंगलवार १७:३८

काठमाण्डौ । यस वर्ष हिउँदयाममा पानी नपर्दा विभिन्न बालीनालीको उत्पादन घट्ने चिन्ता बढेको छ । प्रायः कात्तिक-मङ्सिरमा एक-दुई पटक पानी पर्ने गरेको भए पनि यो वर्ष मनसुन सकिएपछि पानी नपरेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । सोमबार (हिजो) सुदुरपश्चिम र कर्णालीका ...

1 … 456 457 458 459 460 … 769
×