शनिश्चरे बहुमुखी क्याम्पसको स्थापना दिवसमा विद्यार्थी पुरस्कृत

न्यूज सञ्जाल १५ आश्विन २०८१, मंगलवार १९:११

शनिश्चरे । झापा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिं गोम्देनले शनिश्चरे बहुमुखी क्याम्पसका लागि बस उपलब्ध भइसकेको जानकारी दिएका छन् ।   अर्जुनधारा ७ मा रहेको शनिश्चरे बहुमुखी क्याम्पस नगरको एकमात्र बहुमुखी क्याम्पस हो । आज आयोजित ११औं साधारणसभा तथा १८औं स्थापना ...

दुर्गा प्रसाई एक लाख धरौटीमा रिहा

न्यूज सञ्जाल १५ आश्विन २०८१, मंगलवार १८:४१

झापा । साइबर अपराधमा पक्राउ परेका बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई एक लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् ।   काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश खरेलले ...

कोशी र वाग्मतीमा बुधबार वर्षाको सम्भावना

न्यूज सञ्जाल १५ आश्विन २०८१, मंगलवार ०७:४८

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार बुधबार कोशी र वाग्मती प्रदेशका एक, दुई स्थानमा पुनः भारी वर्षा हुने सम्भावना रहेको छ । गत परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गरेपछि बौरिँदै गरेको वाग्मती र कोशी प्रदेशमा ...

मेची र कनकाईमा दुई वटा शव फेला

न्यूज सञ्जाल १५ आश्विन २०८१, मंगलवार ०७:३३

झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ । दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।   मेची नदीमा डुबेको अवस्थामा सोमबार दिउँसो १ बजे एक पुरुषको शव ...

मोटरसाइकल दुर्घटनामा बिर्तामोडका अनिष न्यौपानेको मृत्यु

न्यूज सञ्जाल १४ आश्विन २०८१, सोमबार १९:०७

बिर्तामोड । झापाको बिर्तामोड १० स्थित ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अनिष न्यौपाने रहेका छन् ।   आइतबार राति अन्दाजी ८ः३० बजे १० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र १-०१-०१२ प ५८९१ ...

यस्तो छ, आगामी ३ दिनको मौसम पूर्वानुमान

न्यूज सञ्जाल १४ आश्विन २०८१, सोमबार ०८:०५

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको महाशाखाले जनाएको छ ।   यस्तो छ ...

विपद्ः देशभर १४८ जनाको मृत्यु, ५५ जना बेपत्ता

न्यूज सञ्जाल १३ आश्विन २०८१, आईतवार १९:१९

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर १४८ जनाको मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन् । विपद्‌मा परी १०१ जना घाइते भएका छन् ।   बाढी, पहिरोमा परी धादिङमा ३८, ललितपुरमा २२, काठमाडौंमा १६, काभ्रे २९, ...

कचनकवलकी नेहारिकाको शव फेला

न्यूज सञ्जाल १३ आश्विन २०८१, आईतवार १६:२९

झापा । जमुना खोलाले बगाएको दुई दिनपछि झापा कचनकवलकी १५ वर्षीया बालिका नेहारिका राजवंशी मृत भेटिएकी छन् । बगाएको ठाउँदेखि करिब २ किलोमिटर दक्षिण धानबारीमा केहीबेर अघि उनको शव फेला परेको हो ।   चमरभिट्टा गाउँदेखि करिब पाँच सय मिटरपूर्व ...

बुधबारेबाट ब्राउन सुगरसहित निखिल पक्राउ

न्यूज सञ्जाल १३ आश्विन २०८१, आईतवार ०७:५४

झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित झापाको बुद्धशान्तिबाट एक जना युवा पक्राउ परेका छन् ।   बुद्धशान्ति गाउँपालिका ३ इलाम रोडमा खटिएको प्रहरीको चेकिङमा स्थानीय झिलमिले पुल निवासी २१ वर्षीय निखिल राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ...

आज पनि केही ठाउँमा वर्षा हुने, सोमबार साँझदेखि सुधार आउने

न्यूज सञ्जाल १३ आश्विन २०८१, आईतवार ०७:३८

काठमाडौँ । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ ।   जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका ...

1 65 66 67 68 69 741
×