बिर्तामोड चिल्ड्रेन हस्पिटलमा १९३७ बालबालिकाको उपचार

न्यूज सञ्जाल १० आश्विन २०८१, बिहीबार १९:०६

बिर्तामोड । झापाको बिर्तामोड १ मा रहेको बिर्तामोड चिल्ड्रेन अस्पतालमा एक वर्षभित्र १ हजार ९३७ जना बालबालिकाको उपचार गरिएको जनाइएको छ । झापाको पहिलो बाल अस्पतालले झापाली पत्रकारबीच आफ्नो तेस्रो स्थापना दिवस मनाउने क्रममा उपचारबारे जानकारी दिएको हो ।   ...

आज ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह

न्यूज सञ्जाल १० आश्विन २०८१, बिहीबार ०७:४२

काठमाण्डौ । देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । अहिले कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परेको छ ।   दिउँसोपछि सबै प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ...

एक सातादेखि हराइरहेकी कनकाईकी विजिता मृत फेला

न्यूज सञ्जाल १० आश्विन २०८१, बिहीबार ०७:३४

बिर्तामोड । सात दिनदेखि हराइरहेकी झापा कनकाई नगरपालिका २ की विजिता भण्डारी (माइली) मृत अवस्थामा फेला परेकी छन् ।   सुरुङ्गाको ह्याप्पी ल्यान्ड छेउको धानबारीमा उनको शव बुधबार दिउसो १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ...

आइतबारसम्म आरीघोप्टे वर्षाको सम्भावना, ५६ जिल्लामा ‘रेड अलर्ट’

न्यूज सञ्जाल ९ आश्विन २०८१, बुधबार १८:५६

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अति ठूलो वर्षाको चेतावनी दिएको छ ।   यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई ...

इटहरी यातायात कार्यालयबाट १७ जना बिचौलिया पक्राउ

न्यूज सञ्जाल ९ आश्विन २०८१, बुधबार १७:४९

झापा । यातायात व्यवस्था कार्यालय इटहरीबाट १७ जना बिचौलिया पक्राउ परेका छन् । बुधबार दिउँसो प्रहरी टोलीले यातायात कार्यालय पुगेर उनीहरूलाई पक्राउ गरेको हो ।   यातायात कार्यालयमा बिचौलियाले अनावश्यक दुःख दिने गरेको गुनासोको आधारमा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र ...

घुस लिने वडाध्यक्ष र दिने दुवैजना अख्तियारको नियन्त्रणमा

न्यूज सञ्जाल ९ आश्विन २०८१, बुधबार १७:३७

झापा । घुस लिने बुद्धशान्तिका वडाध्यक्ष डिल्लीप्रसाद ओली र घुस दिने भारतीय नागरिक अमरनाथ चौहान दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।   हिजो दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले राति ९ बजेसम्म इलाका प्रहरी ...

दशैँ आएसँगै पाथीभरा मन्दिरमा भक्तजनको चाप

न्यूज सञ्जाल ९ आश्विन २०८१, बुधबार ०८:११

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दशैँ र तिहारपर्व नजिकिएसँगै भक्तजनको चाप बढेर गएको छ ।   पाथीभरा दर्शन गर्ने मुख्य मौसम सुरु भएको कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने जनाइएको छ । पाथीभरा मन्दिरमा दशैँ र तिहारको ...

देशका धेरै ठाउँमा वर्षा, इलाम र पाँचथर ‘रेड जोन’मा

न्यूज सञ्जाल ९ आश्विन २०८१, बुधबार ०७:५४

झापा । देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी वायु र बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभरको मौसममा बदलाव आई हिजैदेखि पानी परेको हो ।   मौसममा आएको बदलीले विभिन्न ठाउँमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित मध्यमदेखि ठूलो ...

३२ ग्राम ब्राउन सुगरसहित झापाका तेहेरुदिन शेख पक्राउ

न्यूज सञ्जाल ९ आश्विन २०८१, बुधबार ०७:४६

झापा । भारतबाट लागूऔषध ल्याउँदै गर्दा झापा गाउँपालिकाका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका ५ पन्थापाडा बस्ने ४२ वर्षीय तेहेरुदिन शेख रहेका छन् ।   मंगलबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा शेखलाई शंका लागेर ...

चट्याङ लागेर दमकका कुमार मोतेको मृत्यु

न्यूज सञ्जाल ९ आश्विन २०८१, बुधबार ०७:३६

झापा । मंगलबार साँझदेखि वर्षासँगै परेको चट्याङले लागेर झापाका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दमकका एक ३६ वर्षीय युवा रहेका छन् ।   प्रहरीका अनुसार दमक ४ घर भइ मोरङको मिक्लाजुङ ३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको ...

1 67 68 69 70 71 741
×