अन्तुका होमस्टे साउनभर नखुल्ने
इलाम । होमस्टे एसोसिएसन नेपालले देशभरका होमस्टेको सेवा पुनः चालू गर्न आग्रह गरे पनि इलामका व्यवसायीले साउनभर होमस्टे सञ्चालन नगर्ने भएका छन् । जिल्लामै धेरै होमस्टे रहेको अन्तु–समालबुङ क्षेत्रका व्यवसायी तथा सरोकारवालाको बुधबारको बैठकले होमस्टे तत्काल नखुलाउने निर्णय गरेको हो ...