चार महिनापछि काँकडभिट्टा नाकाबाट पेट्रोलियम पदार्थको आयात सुरु
बिर्तामोड । काँकडभिट्टा नाकाबाट चार महिनापछि पेट्रोलियम पदार्थको आयात सुरु भएको छ । यसैसातादेखि पेट्रोलियम लोड भएका ट्याङ्कर नेपाल भित्रिन थालेको मेची पेट्रोलियम डिलर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनका अध्यक्ष नवीन कोइरालाले चालक तथा सह चालकको कोरोना परीक्षण रिपोर्टका आधारमा ...