एनएसएल दोस्रो क्वालिफायर: पोखराविरुद्ध ललितपुरलाई अग्रता

न्यूज सञ्जाल १२ पुष २०८०, बिहीबार १८:४८

काठमाडौं । नेपाल सुपर लिग २ को प्लेअफअन्तर्गत दोस्रो क्वालिफायरमा ललितपुर सिटी फुटबल क्लबले पोखरा थन्डर्सविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ ।   भारतीय मिडफिल्डर निखिल कदमले रातो कार्ड खाएपछि १० खेलाडीमा सीमित भएको ललितपुरले खेलाडी कम हुनका बाबजुद अग्रता ...

फिदिम नगर कपको उद्घाटनमा आयोजक र इलाम भिड्दै

न्यूज सञ्जाल १२ पुष २०८०, बिहीबार ०८:५४

पाँचथर । फिदिम नगर कप फुटबल प्रतियोगिताको पाँचौ संस्करण भोलि (शुक्रबार)देखि सुरु हुँदैछ । पाँचौ संस्करणको उद्घाटनमा आयोजक स्वतन्त्र क्लब पाँचथरले इलामको आरडिएफसीसँग प्रतिस्पर्धा गर्नेछ ।   फिदिम ७ रानीटारस्थित बराजु रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेल पुस १४ गते योङ ...

लिग च्याम्पियन अर्जुनधाराका खेलाडीलाई नगदसहित सम्मान

न्यूज सञ्जाल ८ पुष २०८०, आईतवार १७:३८

शनिश्चरे । झापा भद्रपुर गोल्डकपको आयोजनामा भएको अन्तर पालिकास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगितामा च्याम्पियन बनेको अर्जुनधारा नगरपालिकाको टिमलाई नगदसहित सम्मान गरिएको छ ।   च्याम्पियन खेलाडी तथा अफिसियललाई आइतबार नगरपालिकाले नगदसहित सम्मान गरेको हो । अर्जुनधाराको टिमले प्रतियोगिताभर पराजयको ...

ताप्लेजुङमा झापालाई भलिबल प्रतियोगिताको उपाधि

न्यूज सञ्जाल ५ पुष २०८०, बिहीबार १८:०८

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको अन्तरजिल्ला क्लबस्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि झापाले जितेको छ।   बिहीबार भएको फाइनल खेलमा आयोजक ताप्लेजुङको मुकेश मेमोरियल क्लबलाई सोझो सेटमा पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक झापाले उपाधि जितेको हो। झापाले ...

फिदिम नगर कप पुस १३ देखि हुँदै

न्यूज सञ्जाल ३ पुष २०८०, मंगलवार १८:५८

पाँचथर । फिदिम नगर कप फुटबल प्रतियोगिताको पाँचौ संस्करण यही पुस १३ गतेदेखि सुरु हुनेछ । आयोजक स्वतन्त्र क्लबले मंगलबार फिदिममा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारि दिएको हो ।   पुस १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक क्लबसहित ८ ...

देउराली स्पोर्टिङ इलामलाई सिरिजंघा गोल्डकपको उपाधि

न्यूज सञ्जाल २९ मंसिर २०८०, शुक्रबार १९:०८

तेल्लोक, (ताप्लेजुङ) । इलाम सन्दकपुरको देउराली स्पोर्टिङ क्लबले ताप्लेजुङको तेल्लोकमा आयोजित तेस्रो सिरिजंघा गोल्डकपको उपाधि जितेको छ ।   तेल्लोक माविको खेलमैदानमा आज भएको फाइनल खेलमा साविक उपविजेता झापा बिर्तामोडको न्यू स्टार क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि रक्षा ...

देउराली स्पोर्टिङ इलाम सिरिजंघा गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २८ मंसिर २०८०, बिहीबार १६:५६

तेल्लोक (ताप्लेजुङ) । इलाम सन्दकपुरको देउराली स्पोर्टिङ क्लब यहाँ जारी तेस्रो सिरिजंघा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   आज तेल्लोक माविको खेलमैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता टोली ललितपुरको सुनाकोठी सिटी एफसीमाथि साँघुरो जित दर्ता गर्दै इलाम उपाधि ...

झापाकाे न्यू स्टार सिरिजंघा गोल्डकपको फाइनलमा

न्यूज सञ्जाल २७ मंसिर २०८०, बुधबार १७:३७

तेल्लोक (ताप्लेजुङ) । झापा बिर्तामोड ७ काे न्यू स्टार क्लब यहाँ जारी तेस्रो सिरिजंघा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   आज तेल्लोक माविको खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली उदयपुरको ब्रदरहुड एफसीलाई सडन डेथमा पराजित गर्दै न्यू स्टारले ...

झापा र इलाम सिरिजंघा गोल्डकपको सेमिफाइनलमा

न्यूज सञ्जाल २६ मंसिर २०८०, मंगलवार १८:०५

तेल्लोक (ताप्लेजुङ) । झापाको न्यू स्टार क्लब र इलामको देउराली स्पोर्टिङ क्लब तेल्लोकमा जारी तेस्रो सिरिजंघा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।   मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा इलामले ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान ...

सिरिजंघा गोल्डकपमा उदयपुरको विजयी सुरुवात

न्यूज सञ्जाल २५ मंसिर २०८०, सोमबार १८:५६

तेल्लोक (ताप्लेजुङ) । सिरिजंघा माविको खेलमैदानमा सोमबारदेखि सुरु तेस्रो सिरिजंघा गोलडकपमा उदयपुरको ब्रदरहुड एफसीले विजयी सुरुवात गरेको छ ।   आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई उसैको घरेलु मैदानमा ४-२ गोलअन्तरले पराजित गर्दै उदयपुर सेमिफाइनलमा प्रवेश गरेको हो । २-० गोलले पछि ...

1 … 82 83 84 85 86 … 330
×