बैङ्किङ कसुर मुद्धामा फरार बिर्तामोडकी गायत्री पक्राउ

न्यूज सञ्जाल २५ श्रावण २०७८, सोमबार १९:३६

झापा । बैङ्किङ कसुर मुद्धामा फरार रहेकी बिर्तामोडकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड ९ बस्ने ३६ वर्षीया गायत्री भंगड हुन् । उच्च अदालत बिराटनगर ईलाम ईजलास ईलामको २०७६ पुष २३ गतेको फैसला अनुसार बैङ्किङ कसुर मुद्धामा ...

सडक मर्मत नहुँदाको पीडाः सक्ने बिरामी हेलिकोप्टरमा, नसक्ने मृत्यु कुर्दै

न्यूज सञ्जाल २५ श्रावण २०७८, सोमबार १८:४९

तेह्रथुम । लगातारको वर्षाका कारण हिलाम्मे भएको सदरमुकाम जोड्ने एकमात्र म्याङ्लुङ-वसन्तपुर सडक मर्मत हुन नसक्दा त्यसको मारमा बिरामी र गर्भवती महिलाहरू परेका छन् । हिलाम्मे सडकमा यातायात सञ्चालनमा समस्या बढ्दै गएपछि तेह्रथुमबाट बाहिरी जिल्ला आउजाउका लागि समेत समस्या भएको हो ...

बिरिङ खोला किनारमा बेवारिसे शव

न्यूज सञ्जाल २५ श्रावण २०७८, सोमबार १८:२६

कुमरखोद । झापा गाउँपालिकाको पन्थापाडास्थित बिरिङ खोलाको किनारमा एक बेवारिसे शव फेला परेको छ । आइतबार राति ८ः३० बजे अन्दाजी ३५ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय कुमरखोदका अनुसार शव कसको हो भन्ने पहिचान ...

पत्रकार मोहन काजीको पहलमा बन्धक शिशुको उद्धार

न्यूज सञ्जाल २५ श्रावण २०७८, सोमबार १६:३८

झापा । उपचार खर्च तिर्न नसक्दा भारतीय अस्पतालमा बन्धक बनाइएका मेचीनगर १० खयरडाँगीका चार महिने शिशु सुहान चौधरीलाई आइतवार उद्धार गरेर नेपाल ल्याइएको छ । आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित ...

मेचीनगरका चार महिने शिशु सिलिगुडीको अस्पतालमा बन्धक !

न्यूज सञ्जाल २४ श्रावण २०७८, आईतवार १८:४७

झापा । उपचार खर्च तिर्न नसक्दा भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले झापाका ४ महिने शिशुलाई बन्धक बनाएको छ । उक्त नसिंङ होमले झापा मेचीनगर नगरपालिका वडा नंं १० खयरडाँगीका चार महिनाको शिशु सुहान चौधरीलाई बन्धक बनाएको हो ...

गुप्ताङ्गमा लागुऔषध ओसार्ने दमककी दुई महिला पक्राउ

न्यूज सञ्जाल २४ श्रावण २०७८, आईतवार १८:११

झापा । गुप्ताङ्गमा लुकाएर लागुऔषध ल्याउदै गरेको अवस्थामा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक १ बस्ने ३४ बर्षीया मन्जु धिमाल र सोही स्थान बस्ने २५ बर्षीया बिमला धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ...

भद्रपुरबाट २१ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

न्यूज सञ्जाल २४ श्रावण २०७८, आईतवार ०८:१४

झापा । झापाको भद्रपुरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भद्रपुर ३ स्थित किच्चकबधबाट भारत पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण रायलाई शनिबार २१ दशमलव २६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब ...

झापाका इन्द्रजित मुखियासहित आठ पत्रकारलाई फोनिज अवार्ड

न्यूज सञ्जाल २३ श्रावण २०७८, शनिबार १८:०६

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष २०७७ र वर्ष २०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड(बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ...

अत्याधिक गर्मीले अर्जुनधारा र बिर्तामोडमा दुईको मृत्यु

न्यूज सञ्जाल २२ श्रावण २०७८, शुक्रबार २०:४२

झापा । अत्याधिक गर्मीका कारण आज झापामा दुई जनाको मृत्यु भएको छ । बितेको २ दिनदेखि झापामा अत्याधिक गर्मी बढेको थियो । गर्मीका कारण बेहोस भएर ढलेको अबस्थामा आज दुई जनाको शव फेला परेको हो । बिर्तामोड नगरपालिका वडा न. ...

दमकका सफाई कर्मचारीमा संक्रमण, फोहोर सङ्कलन प्रभावित

न्यूज सञ्जाल २२ श्रावण २०७८, शुक्रबार २०:०४

झापा । झापाको दमकमा सफाई कर्मचारीहरूलाई कोरोना संक्रमण फैलिएपछि फोहोर सङ्कलन तथा सफाई अभियान प्रभावित भएको छ । नगरपालिकाले सफाइको जिम्मा दिएका निजी कम्पनीका एक दर्जनभन्दा बढी सफाइ मजदुरलाई संक्रमण पुष्टि भएपछि दैनिक काम प्रभावित बनेको हो । नेक्स्ट ईरा ...

1 … 385 386 387 388 389 … 769
×