लकडाउनमा बालुवा गिटी ओसार्ने ५ ट्याक्टर नियन्त्रणमा

न्यूज सञ्जाल ३ बैशाख २०७७, बुधबार ०९:२१

झापा । लकडाउनका बेला झापाको अर्जुनधारा क्षेत्रबाट नदीजन्य सामग्री ओसार्ने पाँच वटा ट्याक्टरलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ । लकडाउनको फाइदा उठाउँदै रातको समयमा बालुवा, गिटी ओसारिरहेको अवस्थामा अर्जुनधारा ४ दहिझोडास्थित नदी क्षेत्रबाट मंगलबार राति तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ...

पूर्वी नाकाबाट आयात ठप्प, पश्‍चिम बंगाल सरकारले रोक्यो भन्सार

न्यूज सञ्जाल ३ बैशाख २०७७, बुधबार ०८:५१

झापा । भारतको पश्चिम बंगालसँग जोडिएको पूर्वी नाकाबाट एक सातायता आयात पूर्ण रूपमा ठप्प छ । कोरोना भाइरस संक्रमण त्रासका कारण भारत पश्चिम बंगालको भन्सार विभागको पत्राचारपछि आयात ठप्प भएको हो । भुटान र बंगलादेशबाट नेपालमा हुने वस्तुको आयात पनि ...

ओभर स्पिडले अर्जुनधारा साधुटारका उमेश भण्डारी गम्भीर घाइते

न्यूज सञ्जाल २ बैशाख २०७७, मंगलवार २२:१७

झापा । आफैँले कुदाएको मोटरसाइकल दुर्घटना हुँदा झापा अर्जुनधारा १ साधुटारका १९ वर्षीय उमेश भण्डारी गम्भीर घाइते भएको छन् । आफैँ सवार मे. ८ प ४१९९ नम्बरको मोटरसाइकल अर्जुनधारा ४ स्थित कालोपत्रे सडकमा दुर्घटना हुँदा भण्डारी घाइते भएका थिए । ...

कोभिड-१९ पुष्टि भएका १३ जनाको अवस्था कस्तो छ ? (बीबीसीको रिपोर्ट)

न्यूज सञ्जाल २ बैशाख २०७७, मंगलवार १८:४०

नेत्र केसी, कोरोनाभाइरस सङ्क्रमण भएर नेपालका विभिन्न स्थानका चार अस्पतालमा उपचाररत १३ जनामध्ये अधिकांशको स्वास्थ्य अवस्था सामान्य रहेको सम्बन्धित अस्पतालका अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार बिरामीलाई अस्पतालबाट बिदा गर्नुअघि भाइरसमुक्त भएको पुष्टि गर्न थप परीक्षण गर्नुपर्छ। त्यही विधिअनुसार केही पुराना ...

कलबलगुरी क्वारेन्टाइनमा रहेका २७ जनालाई घर पठाइयो

न्यूज सञ्जाल २ बैशाख २०७७, मंगलवार १८:०२

रोहित काफ्ले, झापा । झापाको सदरमुकाम भद्रपुरस्थित कलबलगुरी क्वारेन्टाइनमा रहेका १७ जनालाई आज घर पठाइएको छ । आज जनालाई आजै साँझसम्ममा पठाउने तयारी गरिएको छ । भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १४ दिन बिताएपछि गरिएको र्यापिड डायग्नोष्टिक ...

आज पहाडी क्षेत्रका धेरै ठाउँमा हुरीबताससहित पानी पर्ने

न्यूज सञ्जाल २ बैशाख २०७७, मंगलवार ०९:१२

काठमाण्डौ । मङ्गलबार पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । ...

काँकडभिट्टामा अलपत्र ६४ जनालाई घर पठाइयो

न्यूज सञ्जाल २ बैशाख २०७७, मंगलवार ०८:५७

काँकडभिट्टा । लकडाउनका कारण काँकडभिट्टामा अलपत्र परेका ६४ नेपालीलाई सोमबार घर पठाइएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोखरेलका अनुसार स्थानीय सरकारसँगको सहकार्यमा दुइटा बसमार्फत उनीहरुलाई घर पठाइएको हो । ३४ जना यात्री बोकेको बस काठमाडौं गएको छ ...

प्रदेश १ मा ६७० को रिपोर्ट नेगेटिभ

न्यूज सञ्जाल २ बैशाख २०७७, मंगलवार ०८:४७

विराटनगर । प्रदेश नं. १ मा कोरोना भाइरसका शङ्कास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । थ्रोट स्वाब नमूना सङ्कलन गरिएका २३३ जनाको नमूनामध्ये पिसिआर मेशिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३५७ जनाको ...

लकडाउनका बेला झापाका वन जोगाउनै गाह्रो

न्यूज सञ्जाल १ बैशाख २०७७, सोमबार १८:१८

झापा । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न बन्दाबन्दी (लकडाउन)को आदेश जारी गरेसँगै प्राय आम नागरिक गर्दै घरभित्रै छन् । अत्यावश्यक कामबाहेक कसैलाई पनि बाहिर ननिस्कन सरकारले आह्वान गरेको छ । तर, यहीबेला झापाको वन जङ्गलमा पसेर रुख काट्ने र वन्यजन्तुको ...

थप दुई जनामा संक्रमण, नेपालमा १४ जना पुगे

न्यूज सञ्जाल १ बैशाख २०७७, सोमबार १७:५०

काठमाडौँ । नेपालमा कोभिड –१९ को सङ्क्रमण थप दुई जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले कैलालीको लम्की र रौतहटमा एक रएक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । यससँगै ...

1 603 604 605 606 607 751
×